Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

नेकपाका दुवै पक्षको केन्द्रीय समिति बैठक आज पनि बस्दै

नेकपाका दुवै पक्षको केन्द्रीय समिति बैठक आज पनि बस्दै

  • बिहिवार, पौष ९ २०७७

  • 756
    SHARES

  • नेकपाका दुवै पक्षको केन्द्रीय समिति बैठक आज पनि बस्दै

    काठमाडौं ।  फुटलाई औपचारिकता दिने प्रक्रियामा रहेका नेकपाका दुवै पक्षको केन्द्रीय समितिको बैठक आज पनि बस्न लागेका छन् ।

    प्रचण्ड नेपाल समूहको बैठक विहान ११ बजेपछि कार्की पार्टी प्यालेस बबहरमहलमा बस्ने तय भएको छ भने ओली समूहको बैठक दिउसो १ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

    दुवै पक्षले आफ्नो पार्टीलाई आधिकारीकता दिने प्रक्रियाका लागि आवश्यक केही निर्णय गर्ने तयारी गरेका छन् ।

    त्यसैगरी आफ्नो पक्षलाई बलियो बनाउन, नेता तथा कार्यकर्ताहरुलाई आफ्नो पक्षमा तान्नका लागि पनि विभिन्न कार्यक्रम तथा रणनीतिहरु दुवै पक्षले बनाउने भएका छन् ।

    ओली पक्षले निर्वाचनका लागि तयारी गर्ने तर्फ जोड दिन लागेको छ भने प्रचण्ड नेपाल पक्षले संसद पुनस्र्थापनाको माग गर्दै विघटनको विरुद्धमा देशव्यापी आन्दोलन गर्ने तयारी गरेको छ ।

    नेकपाको प्रचण्ड माधव पक्षले अस्ती पार्टी अध्यक्षबाट प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट निस्कासन गर्दै सो ठाउँमा बरिष्ठ नेता माधवकुमार नेपाललाई चयन गरेको थियो ।त्यसैगरै उनीहरुले हिजो संसदीय दलको नेतामा प्रचण्डलाई निर्वाचित गरिएको घोषणा गरेका छन् ।

    आज ओली पक्षले प्रचण्डलगायतका नेताहरुलाई निस्कासनको घोषणा गर्ने संभावना रहेको एक नेताले जानकारी दिएका छन् । 


    बिहिवार, पौष ९ २०७७०९:२१:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij