काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले ओरालो लागेको छ ।छापावाला सुन मंगलबार प्रतितोला ९४ हजार नौ सयमा कारोबार भएको थियो ।
प्रतितोला नौ सयले घटेपछि आज सुनको मूल्य ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, तेजाबी सुन हिजो प्रतितोला ९४ हजार चार सय रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला ९३ हजार पाँच सयमा कारोबार हुने गरी मूल्य तोकिएको छ