Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

'अति भो’मा ‘मेरो एक्सको छम्मा’ सिर्जना !

'अति भो’मा ‘मेरो एक्सको छम्मा’ सिर्जना !

  • सोमवार, पौष ६ २०७७

  • 1.7K
    SHARES

  • 'अति भो’मा ‘मेरो एक्सको छम्मा’ सिर्जना  !

    काठमाडौं । ‘मेरो एक्सको छम्मा’ गीतमार्फत चर्चामा आएकी गायिका सिर्जना खत्री (हाउडेमाया)ले हास्य सिरियल ‘अति भो’मा अभिनय गरेकी छिन् । गत शनिबार प्रसारण भएको ३२ औँ भागमा उनले अभिनय गरेकी हुन् ।

    नेपाल टेलिभिजन प्लसमार्फत प्रसारण भइरहेको हास्य सिरियल 'अति भो'मा खड्गबहादुर पुन (खबपु), रियासा दाहाल, सुरज खनाल, तिलक कोइराला, चन्द्र पाण्डे, प्रभात लामा, शर्मिला शर्मा, रीता सिवाकोटी, श्रीना नेपाल, ठाकु गुरुङ, सागर गिरी आदिसँगै बालकलाकार सुयशा खनालको पनि अभिनय रहेको छ ।

    130861321_3560729514008000_8895102937237962697_n.jpg

    साथै, सिरियलमा केही हप्तादेखि युट्युब च्यानलहरुमा छाइरहेका पुण्य गौतमले पनि अतिथि कलाकारको भूमिका निभाएका छन् ।
    सिरियल हरेक शनिबार राति ९ बजे नेपाल टेलिभिजन प्लससँगै मिडिया हब युट्युब च्यानलमा पनि प्रसारण हुन्छ ।

    समसामयिक तथा सामाजिक बिषयमा ब्यङ्ग्य प्रहार गरी सन्देश प्रबाह गर्नु सिरियलको मुख्य उद्देष्य रहेको लेखक तथा श्रृङ्खला निर्देशक सन्तोष खनाल बताउनुुहुन्छ ।

     

     

     

     


    सोमवार, पौष ६ २०७७०१:४५:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij