काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने सहमति गरेकै भोलिपल्ट आज संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ।
प्रधानमन्त्री ओलीले हिजो मात्र अध्यादेश फिर्ता लिने सहमति गर्नुभएको थियो । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीले पनि अध्यादेश फिर्ताको निर्णय गरेको थियो ।
तर आजम्म अध्यादेश फिर्ताको सूचना राष्ट्रपति कार्यालयबाट आएको छैन। प्रधानमन्त्री ओलीले आज नै संवैधानिक बैठक बोलाउनुभएको हो। कांग्रेस सभापति शेरबहादुर देउवालाई साँझ ५ बजे बैठकका लागि बोलाइएको बताएइको छ । तर देउवा भने नजाने निर्णयमा रहनुभएको जनाइएको छ ।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहन्छन्। परिषदले विभिन्न संवैधानिक अंगका पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने गर्छ ।