Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद् बैठक आह्वान

मन्त्रिपरिषद् बैठक आह्वान

  • बिहिवार, पौष २ २०७७

  • 1.2K
    SHARES

  • मन्त्रिपरिषद् बैठक आह्वान

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्रान गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवारमा आज साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको बताइएको छ । आजको बैठकमा अध्यादेश खारेजी लगायतका एजेण्डामा छलफल हुने छ ।

    सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश विवादमा परेपछि हिजो नेकपा अध्यक्ष समेत प्रधानमन्त्री ओलीले फिर्ता लिने सहमति जनाउनुभएको थियो ।
    सो अध्यादेश खारेजीका लागि अर्को अध्यादेश जारी गर्नुपर्ने प्रावधान अनुसार मन्त्रिपरिषद् बैठकले सोबारे निर्णय गर्न लागेको बताइएको छ । हिजो बसेको नेकपा स्थायी कमिटी बैठकले सो अध्यादेश फिर्ता लिन सरकारलाई निर्देशन समेत दिएको थियो ।

    स्थायी कमिटी बैठक अघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री ओलीले सो अध्यादेश फिर्ता गर्ने सहमति जनाउनुभएको थियो ।


    बिहिवार, पौष २ २०७७०२:५९:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij