Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

राजपुर बम काण्ड : महताब आलम पुर्पक्षका लागि कारागार चलान

राजपुर बम काण्ड : महताब आलम पुर्पक्षका लागि कारागार चलान

  • आइतवार, मंसिर २८ २०७७

  • 1.5K
    SHARES

  • राजपुर बम काण्ड :  महताब आलम पुर्पक्षका लागि कारागार चलान

    काठमाडौं । रौतहटको राजपुर बमकाण्डको आरोपमा थुनामा रहेका नेपाली कांग्रेसका नेता पूर्वमन्त्री आफताब आलमका भाइ महताब आलम आइतबार पुर्पक्षको लागि कारागार चलान भएका छन् ।

    २०६४ चैत २७ गते राजपुरमा रहेको शेख इद्रिसको घरगोठमा भएको बम विस्फोट परी घाइते त्रिलोकप्रताप सिंह र ओशी अख्तर लगायतकालाई इँटा भट्टामा जिउँदै जलाएको आरोप लागेका उनलाई जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले थुनामा पठाउने आदेश दिएको हो ।

    उनीमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धी गरी तीनवटा कसूरमा सजाय माग गरिएको थियो । आलममाथि लगाइएका तीन मुद्दामा आइतबार नै थुनछेक बहस थियो ।

    तत्काल प्रापत प्रमाणका आधारमा महताब आलम बेकसुर हुन भन्ने नदेखिएको हुनाले मुलकी फौजदारी कार्यविधि संहिता दफा ६७ बमोजिम पुर्पक्षका लागि कारागार पठाउन आदेश भएको हो ।

    अदालतको आदेशअनुसार महताबलाई आइतबार नै जिल्ला कारागार रौतहट चलान गरिएको छ ।

    २०६४ चैत २७ गते राजपुरमा भएको बम विष्फोटमा परेका त्रिलोक प्रताप सिंह र ओशी अख्तरसहित अन्य घाइतेहरुलाई जिउँदै इटा भट्टामा पोलेको आरोपमा रौतहट क्षेत्र नं. २ का सांसद आफताब आलमलाई प्रहरीले २०७६ असोज १९ गते पक्राउ गरेको थियो ।

    उनलाई जिल्ला अदालत रौतहटले २०७६ कात्तिक २९ मा उनलाई पुर्पक्षका लागि कारागार पठाएको थियो ।


    आइतवार, मंसिर २८ २०७७०६:३३:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij