एजेन्सी । हाइप अडिट डेटा संकलन र त्यसको विश्लेषण गर्ने प्लेटफर्म पिंकभिल्लाले विश्वका सबैभन्दा बढी प्रभावशाली इन्स्टाग्राम प्रयोगकर्तामा एक हजार जना प्रयोगकर्ताको सूची सार्वजनिक गरेको छ । जसमा संसारकै प्रभावशाली ’टप २५’ इन्स्टाग्राम प्रयोगकर्ताको सूचीमा तीन भारतीय पनि परेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली सूचिमा समावेश छन् ।
यो सूची प्रयोगकर्ताको फलोअर्स, उनीहरुले राखेको पोष्टको प्रभावकारिता र फलोअर्सको संलग्नताको आधारमा तयार पारिन्छ ।
टप २५ को सूचीमा पहिलो स्थानमा पार्चुगिज फुटबलर खेलाडी क्रिस्टियानो रोनाल्डो छन् । रोनाल्डोको प्रत्येक पोष्टमा ४५ लाख बढी अन्य इन्स्टाग्राम प्रयोगकर्ताको संलग्नता रहेको छ ।
रोनाल्डोपछि क्रमशः गायिका कायली जेनर र केन्डल जेनर सूचीमा परेका छन् ।
’इन्फ्लुएन्सर मार्केटिङ हब’ को आधिकारिक वेभसाइट अनुसार चौथो स्थानमा अर्जेन्टिनी फुटबलर लियोनेल मेसी परेका छन् भने पाँचौं स्थानमा गायिका सेलेना गोमेज छिन् ।