Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

दोस्रो विहे गर्दै मनोज !

दोस्रो विहे गर्दै मनोज !

  • सोमवार, मंसिर २२ २०७७

  • 1.4K
    SHARES

  • दोस्रो विहे गर्दै मनोज !

    काठमाडौं । हास्य कलाकार मनोज गजुरेलले दोस्रो विहे गर्ने भएका छन् । पत्नी मीना ढकालसँग सम्बन्धविच्छेद भएपछि करिब ३ वर्षदेखि ‘सिंगल लाइफ’ बाँच्दै आएका उनले नयाँ जीवनसाथी भेटेको खुलासा गरेका हुन् ।

    आफू चाँडै विवाह गर्ने तयारीमा रहेको गजुरेलले एउटा टेलिभिजन च्यानलको अन्तवार्तामार्फत खुलासा गरेका हुन् । उनका अनुसार विवाहको तिथि भने निश्चित भएको छैन । साथै, उनले कोसँग विहे गर्न लागेको त्यो पनि खुलाएका छैनन् ।

    कलाकार गजुरेलले ०७४ सालमा श्रीमती मीनासँग डिभोर्स गरेका थिए । उनीहरुका एक छोरा र एक छोरी छन् ।


    सोमवार, मंसिर २२ २०७७१२:०२:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij