Aug 30 2026 | २०८३, भाद्र १४ गते

२०८३, भाद्र १४ गते
  • यो साता चर्चामा :
images

भोटेकोशीमा ठुलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाको स्पष्टोक्ति

भोटेकोशीमा ठुलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाको स्पष्टोक्ति

  • आइतवार, भाद्र १४ २०८३

  • 22
    SHARES

  • भोटेकोशीमा ठुलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाको स्पष्टोक्ति

    काठमाडौं । भोटेकोशी नदीमा पानीको बहाव बढेको सूचनापछि त्रसित बनेका तटीय क्षेत्रका नागरिकहरूका लागि राहतको खबर आएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हाल रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठुलो बाढीको जोखिम नरहेको स्पष्ट पारेको छ ।

    महाशाखाले आज बिहान ५ः४५ बजे अद्यावधिक सूचना जारी गर्दै जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त पछिल्लो जानकारीका आधारमा सो क्षेत्रमा तत्काल ठुलो बाढीको खतरा नरहेको जानकारी दिएको हो । महाशाखाका अनुसार भोटेकोशी नदीमा बहाव बढेको सूचना आएपछि गरिएको पछिल्लो अनुगमनमा नुवाकोट क्षेत्रमा पानीको सतह केही बढेको देखिए पनि त्यो ठुलो भने नरहेको पाइएको छ ।

    सोही अवस्थालाई आधार मान्दै महाशाखाले हाललाई रसुवा, नुवाकोट हुँदै धादिङसम्मको नदी तटीय क्षेत्रमा ठुलो बाढीको कुनै जोखिम नरहेको जनाएको छ । यसअघि नदी सुसाएको र बहाव बढेको सूचनाका आधारमा ती क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरिएको थियो ।

     


    आइतवार, भाद्र १४ २०८३०६:१०:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij