Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सांसदहरूलाई राइट टु रिकल गर्ने संस्थापक अध्यक्षको चेतावनी

सांसदहरूलाई राइट टु रिकल गर्ने संस्थापक अध्यक्षको चेतावनी

  • आइतवार, जेठ १० २०८३

  • 260
    SHARES

  • सांसदहरूलाई राइट टु रिकल गर्ने संस्थापक अध्यक्षको चेतावनी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला समितिभित्रको आन्तरिक विवाद सतहमा आएको छ । पार्टीका बारा जिल्ला संस्थापक अध्यक्ष चन्दन स्वर्णकारले जिल्लाबाट निर्वाचित सांसदहरूले शक्तिको दुरुपयोग गरेको आरोप लगाउँदै उनीहरूविरुद्ध पार्टी विधानबमोजिम राइट टु रिकलको अस्त्र प्रयोग गर्ने चेतावनी दिएका छन्।

    रेडियो कार्यक्रम ’नेपाली बहस’मा बोल्दै स्वर्णकारले सांसदहरूले आसन्न जिल्ला अधिवेशनलाई प्रभावित पार्न बाहिरबाट मानिसहरू ल्याएर झडपको स्थिति सिर्जना गरेको आरोप लगाए। उनले भने, “सांसदहरूले आफ्नो अनुकूलको समिति बनाउन खोजेका छन्। उम्मेदवार बन्न २५ हजार शुल्क बुझाएका पुराना र संघर्ष गरेका साथीहरूलाई पाखा लगाएर अन्तिम समयमा पार्टीमा आएका टुरिस्ट उम्मेदवारलाई टिकट दिइयो।”

    आफूलाई चुनावमा असहयोग गरेको र आर्थिक हिनामिना गरेको भन्ने सांसदहरूको आरोप पूर्णतः गलत रहेको दाबी गर्दै उनले त्यसलाई प्रमाणित गर्न चुनौती दिए। सांसदहरूकै उजुरीका आधारमा वैशाख ३० गतेको केन्द्रीय समिति बैठकले आफ्नो साधारण सदस्यता नै खारेज गरिदिएको उनले बताए।

    सभापति रवि लामिछानेसहितका केन्द्रीय नेताहरूलाई भेटेर वास्तविक अवस्था जानकारी गराउन महिनौंदेखि प्रयास गर्दा पनि बेवास्ता गरिएको उनको गुनासो छ। आफूमाथिको आरोप प्रमाणित नभए रास्वपाको विधानको दफा ६९ प्रयोग गरी बाराका चारवटै सांसदलाई फिर्ता बोलाउन आम बारावासी तयार रहेको उनले स्पष्ट पारेका छन्।


    आइतवार, जेठ १० २०८३०८:२१:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij