Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

पार्टीभित्रको आन्तरिक विवाद समाधानका संवादको विकल्प छैन् - नेता विश्वकर्मा

पार्टीभित्रको आन्तरिक विवाद समाधानका संवादको विकल्प छैन् - नेता विश्वकर्मा

  • शनिवार, बैशाख २६ २०८३

  • 269
    SHARES

  • पार्टीभित्रको आन्तरिक विवाद समाधानका संवादको विकल्प छैन् - नेता विश्वकर्मा

    काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि संवाद नै एकमात्र अचुक औषधि भएको बताउनुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा बोल्दै नेता विश्वकर्माले पार्टीको वर्तमान अवस्थालाई मानवीय स्वास्थ्यसँग तुलना गर्दै उतारचढाव आए पनि संवादका माध्यमबाट उपचार सम्भव रहेको उल्लेख गर्नुभयो।

    विगतको निर्वाचन परिणाम र पार्टीमा देखिएको वैचारिक मतभेदलाई चोटको रुपमा व्याख्या गर्दै उहाँले अब सबै नेताहरू ’होसमा’ आएर एकताको बाटोमा लाग्नुपर्नेमा जोड दिनुभयो। पार्टीको संस्थापन र इतर पक्षबीचको दुरीबारे चर्चा गर्दै उहाँले सभापति गगन थापाले वार्ताका लागि गरेको आह्वानलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनु भएको छ । यद्यपि, संवाद केवल सानेपा बोलाएर मात्र नहुने र यसका लागि मर्यादित वातावरण र सबैको स्वाभिमानको कदर हुनुपर्ने तर्क गर्नुभएको छ ।

    नेता विश्वकर्माले नेपाली कांग्रेसको ऐतिहासिक गरिमा र जनताको भरोसालाई कायम राख्न पार्टीलाई बरालिने छुट नभएको बताउनुभयो। आगामी १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनका लागि अहिले भइरहेका संवादहरूले सकारात्मक नतिजा दिनेमा उहाँले आशा व्यक्त गर्नुभएको छ ।


    शनिवार, बैशाख २६ २०८३०९:५८:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij