Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

दुई तिहाइको दम्भ सरकारलाई महँगो पर्न सक्छ - नेकपा नेता सापकोटा

दुई तिहाइको दम्भ सरकारलाई महँगो पर्न सक्छ - नेकपा नेता सापकोटा

  • शनिवार, बैशाख २६ २०८३

  • 240
    SHARES

  • दुई तिहाइको दम्भ सरकारलाई महँगो पर्न सक्छ - नेकपा नेता सापकोटा

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधव सापकोटाले दुई तिहाइ बहुमतको दम्भमा मनमौजी निर्णय नगर्न सरकारलाई चेतावनी दिएका छन्। नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार खेम बमसँग कुराकानी गर्दै नेता सापकोटाले सरकारका पछिल्ला कदमहरूको कडा आलोचना गरेका हुन्।

    उनले संवैधानिक परिषद्ले सर्वोच्च अदालतका स्थापित मान्यता र नजिरहरू भत्काएर प्रधानन्यायाधीश सिफारिस गरेको आरोप लगाएका छन्। समग्र न्यायालयको पुनर्संरचना नगरी सरकारको बागडोर सम्हालेका निश्चित व्यक्तिहरूले मात्र गरेको निर्णय गलत भएको उनको तर्क छ। दुई तिहाइ बहुमतको आडमा कसैलाई नटेर्ने कार्यशैली सरकारलाई महँगो साबित हुने उनले बताए।

    सुकुम्बासी समस्याबारे बोल्दै सापकोटाले वास्तविक सुकुम्बासीको पहिचान र वैकल्पिक व्यवस्थापन बिना नै डोजर चलाएर सरकारले आतंक सिर्जना गरेको बताए। “मानिसहरूको ज्यान गइरहेको छ, आत्महत्या गर्न बाध्य पारिएको छ, यो गम्भीर मानवअधिकार हनन हो,“ उनले भने। सर्वोच्च अदालतले सुकुम्बासी बस्ती नहटाउन दिएको अन्तरिम आदेशले सरकारको निर्णय गलत प्रमाणित गरेको उनले दाबी गरे।

    यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूकै घरटहरा अतिक्रमण क्षेत्रमा पर्दा डोजर चलाउन रोकिएको समाचार बाहिर आएको भन्दै उनले मिडियालाई यसको सत्यतथ्य छानबिन गर्न आग्रह गरे। आवासको हक संविधानप्रदत्त अधिकार भएको उल्लेख गर्दै सापकोटाले सुकुम्बासी मोर्चाले गरेको आन्दोलनमा आफ्नो पूर्ण साथ रहेको बताएका छन्।


    शनिवार, बैशाख २६ २०८३०९:४४:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij