Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सहकारी ठगको सम्पत्ति जफत गरेर पीडितलाई न्याय दिनुपर्छ - नेकपा नेता राजन दाहाल

सहकारी ठगको सम्पत्ति जफत गरेर पीडितलाई न्याय दिनुपर्छ - नेकपा नेता राजन दाहाल

  • शुक्रवार, बैशाख २५ २०८३

  • 283
    SHARES

  • सहकारी ठगको सम्पत्ति जफत गरेर पीडितलाई न्याय दिनुपर्छ - नेकपा नेता राजन दाहाल

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता राजन दाहालले सहकारी ठगहरुको सम्पत्ति जफत गरेर मात्र पीडितको रकम फिर्ता गर्नुपर्ने बताउनुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार खेम बमसँग कुरा गर्दै नेता दाहालले अरबौँ अपचलन गर्ने जिबी राई, भरत महर्जनलगायत १५४० भन्दा बढी फरार ठगलाई उन्मुक्ति दिएर राज्यको ढुकुटीबाट पैसा बाँड्नु गैरकानुनी हुने दाबी गर्नुभयो।

    दाहालले रास्वपाले आफू अनुकूलको फैसला गराउन र सहकारी मुद्दामा सफाइ पाउनकै लागि चौथो वरीयताका डा. मनोज कुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको आरोप लगाउनुभयो। उहाँले गोर्खा मिडिया नेटवर्कमार्फत ६५ करोडभन्दा बढी रकम अपचलन भएको भन्दै रास्वपाले ’मेरिटोक्रेसी’को नारालाई लत्याएको जिकिर गर्नुभयो।

    त्यसैगरी, नेता दाहालले बालेन शाह नेतृत्वको सरकार सामाजिक सञ्जालको अल्गोरिदम दुरुपयोग र पुराना दलको आलोचनाको जगमा उदाएको टिप्पणी गर्नुभयो। काठमाडौंमा सुकुम्बासी बस्ती हटाउने क्रममा सरकारले ’गाजा वा युक्रेन’ जस्तो युद्धग्रस्त क्षेत्रको झल्को दिने गरी काम गरेको उहाँको भनाइ थियो। भूमिहीनलाई संवैधानिक हकअनुसार वैकल्पिक आवासको व्यवस्था गरेर मात्र स्थानान्तरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। साथै, फागुन २१ को निर्वाचन परिणाम प्राविधिक हार मात्र भएको र समग्र राजनीति नहारेको तर्क गर्नुभएको छ।


    शुक्रवार, बैशाख २५ २०८३०८:१६:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij