काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको छ । महासङ्घको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानअनुसार अञ्जन श्रेष्ठ उक्त संस्थाको नेतृत्वमा पग्नुभएको छ ।
अध्यक्ष श्रेष्ठसँगै निर्वाचित पदाधिकारीले कार्यभार सम्हाल्नु भएको हो। अध्यक्ष श्रेष्ठलाई निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले बिहीवार महासङ्घमा आयोजित एक कार्यक्रममा पद हस्तान्तरण गर्नुभएको छ ।
पदबहालीपछि सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष श्रेष्ठले व्यावसायिक वातावरण बनाउन र व्यवसायीको मनोबन बढाउने काम गर्न नयाँ सरकारसँग संवाद सुरु भइसकेको बताउनुभएको छ ।
जनतासँग क्रयशक्ति कम रहेकाले बढाउन पुँजी परिचालन गर्नुपर्नेमा अध्यक्ष श्रेष्ठले जोड दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष श्रेष्ठ लगायत कार्यकारिणी समितिका सदस्यहरूलाई आजै प्रमाणपत्र प्रदान गरिएको छ ।