काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको हालै सम्पन्न निर्वाचनमा अम्बिका प्रसाद पौडेलले एसोसिएट सदस्यमा सानदार जित हासिल गर्नुभएको छ ।
एसोसिएट तर्फको १७ सदस्य पदका लागि भएको प्रतिस्पर्धामा पौडेलले ११९३ मतका साथ जित हासिल गर्नुभएको हो। यो जित केवल एउटा पदको प्राप्ति मात्र होइन, सम्पूर्ण निजी क्षेत्रले उहाँको भिजन माथि गरेको बलियो भरोसा हो।
यसपटकको प्रतिस्पर्धा निकै रोचक थियो। सर्वाधिक १३९८ मतका साथ सचिन ढकालले इतिहास रच्दा, अम्बिका प्रसाद पौडेलले ११९३ मत ल्याएर आफूलाई व्यवसायीहरूको साझा रोजाइका रूपमा उभ्याउनुभयो। जितलगत्तै पौडेलले आफ्ना मतदाताहरूप्रति आभार व्यक्त गर्दै सामाजिक सञ्चाल मार्फत धन्यवाद दिनुभएको छ ।
तपाईँहरूको विश्वासको मतलाई म व्यवहारमा उतार्नेछु। इमानदारिता, जिम्मेवारी र परिणाममुखी कार्यमार्फत यो सम्मानको कदर गर्ने मेरो दृढ प्रतिबद्धता छ। उहाँले लेख्निुभएको छ । पौडेलले यो जिम्मेवारीलाई केवल पदका रूपमा मात्र नभइ सेवाको अवसरका रूपमा लिएको बताउनुभएको छ।
व्यावसायिक वातावरण सुधार, निजी क्षेत्रको हित संरक्षण र आर्थिक विकासका लागि अब उहाँले महासङ्घमा बुलन्द आवाज उठाउने विश्वास दिलाउनुभएको छ। सहकार्य र पारदर्शितालाई प्राथमिकता दिँदै साझा लक्ष्यका लागि एकताबद्ध भएर काम गर्ने पौडेलको संकल्पले उद्योगीहरूमा नयाँ उत्साह थपेको छ।