Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

प्रधानाध्यापकलाई माफी माग्न लगाएको भन्ने कुरा पूर्णतः भ्रामक हो - सांसद विश्वराज पोखरेल

प्रधानाध्यापकलाई माफी माग्न लगाएको भन्ने कुरा पूर्णतः भ्रामक हो - सांसद विश्वराज पोखरेल

  • आइतवार, बैशाख १३ २०८३

  • 283
    SHARES

  • प्रधानाध्यापकलाई माफी माग्न लगाएको भन्ने कुरा पूर्णतः भ्रामक हो  - सांसद विश्वराज पोखरेल

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई आफूले खुट्टा ढोगाएको र माफी माग्न लगाएको भन्ने कुरा पूर्णतः भ्रामक र कपोलकल्पित भएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’ मा कुराकानी गर्दै सांसद पोखरेलले सामाजिक सञ्जालमा आएका समाचार र फोटोहरूमा कुनै सत्यता नभएको दाबी गरे ।

    सांसद पोखरेलले प्रतिष्ठित व्यक्तिहरूले सत्यतथ्य नबुझी त्यस्ता सामग्री सेयर गरेकोमा दुःख व्यक्त गरे । उनले भने, “म जत्तिको जिम्मेवार मान्छेले कसैलाई पनि त्यस्तो अपमानजनक कर्म गर्न लगाउँदैन । यदि कसैले ती फोटोहरू सही प्रमाणित गर्छ भने म जस्तोसुकै सजाय भोग्न तयार छु ।“

    विद्यालयको समस्या बुझ्न जाँदा प्रधानाध्यापकले लामो समय कुराएको बताउँदै उनले आफू फर्किएर सार्वजनिक ठाउँमा नागरिकहरूसँग छलफल गरिरहेका बेला प्रधानाध्यापक आफैँ आएर ढिलाइ भएकोमा ’गल्ती भयो’ भन्दै क्षमा मागेको बताएका छन् ।


    आइतवार, बैशाख १३ २०८३०९:४८:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij