Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

फुटपाथ खाली गराउदा कुनै दवावबाट नडराउने बुटवलका मेयरको अठोट

फुटपाथ खाली गराउदा कुनै दवावबाट नडराउने बुटवलका मेयरको अठोट

  • सोमवार, बैशाख ७ २०८३

  • 240
    SHARES

  • फुटपाथ खाली गराउदा कुनै दवावबाट नडराउने बुटवलका मेयरको अठोट

    काठमाडौं । बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले जति दवाव आएपनि फुटपाथ खाली गराउने कार्यबाट पछाडि नहट्ने अठोट व्यक्त गर्नु भएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार खेम बमसँगको कुराकानीका क्रममा उहाँले फुटपाथ खाली गराउने बारे पर्याप्त सल्लाह, परामर्श र निर्णय गरिएको स्पष्ट पार्नुभयो ।

    उहाँले भन्नुभयो, त्यो निर्णय कार्यान्वयन गर्न कठोर बन्नु पर्ने अवस्था छ, किठन काम हो, तर पनि हामी पछाडि हट्ने छैनौ । महिनौ लाग्न सक्छ, हामी पुरा गरेरै छाड्ने छौँ ।

    उहाँले फुटपाथ खाली गराउने कार्यसँगै सफा सडक, सुरक्षित सडक, सुन्दर बसपार्क सुरक्षित बसपार्क बनाउने अभियान पनि चलिरहेको जानकारी दिनुभयो ।

    मेयर पाण्डेले बुटवल बसपार्कमा छरिएर रहेका टिकट काउन्टरहरुलाई एउटै घरमा राख्ने तयारी भइरहेको पनि बताउनु भयो । उहाँले फोहोर व्यवस्थापनका लागि भने आफुहरुले देशभरीकै सबैभन्दा राम्रो काम गर्न लागेको दावी गर्नुभयो ।

    शिक्षा, शसक्तिकरण र रोजगारी आफ्नो सबैभन्दा प्राथमिकताको विषय भएको उल्लेख गर्दै उहाँले एउटा सामान्य नीति परिवर्तन गर्दा पनि धेरै परिवर्तन आएको अनुभव सुनाउनु भयो ।

     


    सोमवार, बैशाख ७ २०८३०९:३२:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij