Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

अदालतको फैसलापछि कांग्रेस एकढिक्का भएर अघि बढ्नुको विकल्प छैन् - डा. चन्द्र भण्डारी

अदालतको फैसलापछि कांग्रेस एकढिक्का भएर अघि बढ्नुको विकल्प छैन् - डा. चन्द्र भण्डारी

  • शनिवार, बैशाख ५ २०८३

  • 249
    SHARES

  • अदालतको फैसलापछि कांग्रेस एकढिक्का भएर अघि बढ्नुको विकल्प छैन् - डा. चन्द्र भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै अब पार्टी सम्पूर्ण रूपमा एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताएका छन्। नेपाली रेडियो नेटवर्कको ’नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँग कुरा गर्दै नेता भण्डारीले विधिको शासन र न्यायालयको निर्णयलाई सबैले मान्नुपर्नेमा जोड दिएका हुन्।

    गगन थापा पक्षलाई आधिकारिकता दिने अदालतको निर्णयपछि पार्टीभित्र असन्तुष्टि र बेमेल सिर्जना गर्नुको कुनै औचित्य नरहेको उनको भनाइ छ। प्रक्रियामा भाग लिएर चुनाव लडिसकेका नेताहरूले अहिले आएर विरोध गर्नु उपयुक्त नभएको भन्दै उनले पार्टीभित्र सहकार्य र सहमतिको विकल्प नरहेको स्पष्ट पारे। डा. भण्डारीले पछिल्लो समय राजनीतिमा आएको परिवर्तन र ’जेन–जी’ आन्दोलनले नागरिकको सोचाइमा ल्याएको रूपान्तरणलाई पुराना नेताहरूले आत्मसात् गर्नुपर्ने बताए। बालेन शाह र रवि लामिछानेजस्ता नयाँ अनुहारको उदयलाई संकेत गर्दै उनले राजनीतिमा नयाँ पुस्तासँग प्रतिस्पर्धा गर्न स्पष्ट विचार र आँट दुवै चाहिने उनको भनाई छ।

    यसैगरी, आगामी महाधिवेशनको तयारीस्वरूप गाउँमा गएर क्रियाशील सदस्यता वितरण तथा नवीकरण गर्ने कार्यलाई जनतासँग जोडिने प्रतिकात्मक र महत्वपूर्ण अभियानका रूपमा बुझ्नुपर्ने उनले प्रस्ट पारेका छन् । नेतृत्व लिन आँट चाहिने र त्यो आँट गगन थापा र विश्वप्रकाश शर्माले देखाएको भन्दै डा. भण्डारीले कानुनी र लोकतान्त्रिक प्रक्रियाबाट अघि बढेको नेतृत्वलाई स्वीकार गरेर जानुको अर्को विकल्प नभएको बताएका छन् ।


    शनिवार, बैशाख ५ २०८३०८:४७:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij