Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा करेक्सन, नेप्से दोहोरो अंकले घट्दा ८ अर्ब बढीको कारोबार

सेयर बजारमा करेक्सन, नेप्से दोहोरो अंकले घट्दा ८ अर्ब बढीको कारोबार

  • बिहिवार, मंसिर १८ २०७७

  • 1.1K
    SHARES

  • सेयर बजारमा करेक्सन, नेप्से दोहोरो अंकले घट्दा ८ अर्ब बढीको कारोबार

    काठमाडौं ।  सेयर बजारमा करेक्सन देखिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको करेक्सन देखिएको छ । 

    गत बिहीबार ५३ महिना पुरानो रेकर्ड तोडेर अगाडि बढेको नेप्सेले त्यसयता हरेक दिन नयाँ रेकर्ड कायम गर्दै आगाडि बढेको थियो । तर, साताको अन्तिम कारोबार दिन बिहीबार भने बजार परिसूचक नेप्से १५.५७ अंकले करेक्सन भएर २०५५.४५ अंकमा बन्द भएको छ । 

    आज नेप्सेमा हाइड्रोपावर र लघुवित्त बाहेकका सबै उपसूचकहरुमा करेक्सन आएको छ । जसले गर्दा समग्र बजार परिसूचक नै ओरालो लागेको हो । लघुवित्त उपसूचक ०.९५ र हाइड्रोपावर उपसूचक ०.६ प्रतिशतले बढेपनि बजारमा ठूलो हिस्सा रहेको बैंकिङ, बिमासँगै अन्य समूहको उपसूचकमा करेक्सन हुँदा नेप्सेमा दोहोरो अंकको करेक्सन भएको छ ।

    बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.५८ प्रतिशतले करेक्सन हुँदा व्यापार समूहको उपसूचक सबैभन्दा धेरै ६.९४ प्रतिशतले घटेको छ । त्यस्तै जीवन बिमा समूहको सूचक २.०१ प्रतिशत र उत्पादन र तथा निर्जीवन बिमा समूहको सूचक डेढ प्रतिशत माथिले करेक्सन भएको छ । अन्य समूहको सूचक पनि १.०६ प्रतिशतले करेक्सन भएको छ ।
     
    बजार परिसूचकमा करेक्सन देखिए पनि कारोबार रकम भने उल्लेख्य देखिएको छ । अघिल्ला दिनहरुमा विभिन्न उपसमूहहरु परिवर्तन गरेर लगानी गरिहका लगानीकर्ताहरुले बिहीबार नाफा बुक गर्न खोज्दा बजारमा करेक्सन देखिएको हो । विभिन्न सारेककारवाला निकायबाट पनि लगानीकर्तालाई सचेत भएर लगानी गर्न आग्रह गरिहँदा लगानीर्तामा त्यसको प्रभावले पनि रोकिएको हुनसक्ने जानकारहरु बताउँछन् । 

    आज नेप्सेमा ६४ हजार ४२६ वटा कारोबारबाट २०० कम्पनीको १ करोड ५८ लाख ८९ हजार ५६० कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २ करोड ६० लाख २४ हजारको कारोबार भएको छ । 
        
    नेप्सेमा लगातार पोजेटिभ सर्किट लागेर केही कारोबार दिनमा नै उच्च अंकले सेयर मूल्य बढेको नेपाल पुनर्बिमा कम्पनीको सेयर कारोबारमा लगानीकर्ता उर्लिएका छन् । कम्पनीका लगानीकर्ताले नाफा बुक गर्दा नयाँ लगानीकर्ताको प्रवेश भएसँगैं पुनर्बिमाको मात्रै कारोबार रकम अर्ब नाघेको छ । कुल ८ अर्बको कारोबार भएको बजारमा पुनर्बिमाको मात्रै अर्ब माथिको कारोबार भएको हो । 

    कम्पनीको सेयरमा लगानीकर्ता ओइरिँदा ७ हजार ६४७ वटा कारोबार बाट ६ लाख ३५ हजार ८४५ कित्ता सेयर किनबेचमा १ अर्ब ११ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ । यस्तै नेपाल दुरसञ्चार कम्पनीको ४२ अर्ब र नेपाल लाइफको ३० अर्बको सेयर किनबेच भएको छ । 

     


    बिहिवार, मंसिर १८ २०७७०४:२५:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij