Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

बिबिसीको प्रभावशाली सय महिलाको सूचीमा परेकी सपनालाई कलाकार पन्तकोे सहयोग

बिबिसीको प्रभावशाली सय महिलाको सूचीमा परेकी सपनालाई कलाकार पन्तकोे सहयोग

  • बिहिवार, मंसिर १८ २०७७

  • 1.7K
    SHARES

  • बिबिसीको प्रभावशाली सय महिलाको सूचीमा परेकी सपनालाई कलाकार पन्तकोे सहयोग

     

    नेपाली कलाकार, मोडल तथा निर्देशक कुमुद पन्तले बेलायती सञ्चारमाध्यम बिबिसीले प्रत्येक वर्ष प्रकाशित गर्ने सय महिलाको सूचीमा पर्न सफल नेपालकी सपना रोका मगरको मनोबल उच्च बनाउन तथा उनको शिक्षालाई निरन्तरता दिन प्रोत्साहन गर्दै २५ हजार ५ सय रुपैंया सहयोग गर्नुभएको छ ।


    बिबिसीले १०० महिला कार्यक्रम शृङ्खलाअन्तर्गत प्रकाशित गर्ने प्रभावशाली र प्रेरणादायी महिलाहरुको सूचीमा सपना पनि परकोमा आफूले गर्व महशुस गरेको उल्लेख गर्दै कलाकार पन्तले उनको हौसलालाई थप उडान दिन सहयोग गरेको बताउनुभएको छ ।


    १८ वर्षकै उमेरदेखि सपनाले अलपत्र अवस्थामा परेका शव अस्पताल लगेर पोस्टमर्टम गर्नेदेखि पशुपति आर्यघाट लगेर संस्कारअनुसार अन्त्येष्टि गराउने काममा निरन्तर खट्दै आएको स्मरण गर्दै कलाकार पन्तले उनी धेरैको प्ररेणाको स्रोत बनेकाले शिक्षालाई पनिसँगसंगै अगाडि बढाउन जरुरी रहेको भन्दै थोरै सहयोग रकम प्रदान गरेको जानकारी दिनुभएको छ ।


    बेलायतमा बस्दै आउनुभएका पन्तले यसअघि हाम्रो टिम नेपालद्वारा चितवनको माडी नगरपालिका वडा नम्बर ८ मा बसोवास गर्ने चेपाङ समुदायमा न्यानो कपडा र सिरक डस्ना वितरण कार्यक्रमलाई प्रोत्साहन गर्दै २० हजार २ सय ८० रुपैंया सहयोग गर्नुभएको अभियान्ता उमेश बोहराले जानकारी दिनुभएको छ ।


    यस्तै, दैलेखकी ६ वर्षीया छाला रोग पिडीत बालिकाको निः शुल्क उपचार भइरहेको भएपनि अन्य खर्चमा मद्दत पुगोस् भन्ने हेतुले नेपाली कलाकार, मोडल तथा निर्देशक पन्तले १५ हजार ५ सय २० रुपैंया सहयोग रकम प्रदान गर्नुभएको समाजसेवी इशा गुरुङले बताउनुभएको छ ।

     


    बिहिवार, मंसिर १८ २०७७०३:३९:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij