Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नेताहरू सचेत नभए देशको हालत अरबका राष्ट्रहरूको जस्तै हुन्छ - चित्रहादुर केसी

नेताहरू सचेत नभए देशको हालत अरबका राष्ट्रहरूको जस्तै हुन्छ - चित्रहादुर केसी

  • शुक्रवार, चैत्र २० २०८२

  • 306
    SHARES

  • नेताहरू सचेत नभए देशको हालत अरबका राष्ट्रहरूको जस्तै हुन्छ - चित्रहादुर केसी

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो लामो राजनीतिक जीवनमा नेपालले अहिलेको जस्तो गम्भीर राष्ट्रिय संकट कहिल्यै नझेलेको बताउनुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार खेम बमसँग कुरा गर्दै नेता केसीले अमेरिकी साम्राज्यवाद विगतदेखि नै नेपालमा सक्रिय रहे तापनि अहिले त्यो शक्ति खुल्लमखुल्ला रूपमा प्रकट हुन थालेको दाबी गर्नुभयो। उहाँले नेपाली अनुहार भएका तर विदेशी स्वार्थका लागि काम गर्ने केही व्यक्तिहरूले अहिले देशमा अस्थिरताको नाच नाचिरहेको आरोप लगाउनुभयो।

    विशेषगरी सरकारले हालै सार्वजनिक गरेको सय बुँदे कार्ययोजनाप्रति कडा आपत्ति जनाउँदै केसीले उक्त योजना दलाई लामालाई नेपालमा स्थापित गराउने र चीनसँगको मैत्रीपूर्ण सम्बन्धलाई ध्वस्त पारेर अमेरिकी प्रभुत्व लाद्ने सुनियोजित प्रयास भएको बताउनु भएको छ। उहाँले टिओवी समूहले आतङ्क मच्चाएको र राष्ट्रिय धरोहरहरूमा आगो लगाइएको भन्दै देश कता जाँदैछ भन्नेमा आफू अत्यन्तै त्रसित रहेको उल्लेख गर्नुभयो। अमेरिकाले नेपाललाई चीनविरुद्धको रणमैदान बनाउन खोजिरहेकाले नेताहरू सचेत नभए देशको हालत मध्यपूर्वका युद्धग्रस्त अरब राष्ट्रहरूको जस्तै हुने चेतावनी दिनुभयो।

    नेपालको आफ्नै स्वाभिमान र अस्तित्व कायम राख्नका लागि कसैले पनि अमेरिकी गुप्तचर निकाय सिआईएको एजेण्ट बन्न नहुनेमा उहाँले जोड दिनुभएको छ । यदि वैदेशिक हस्तक्षेपको यो सिलसिला नरोकिएमा र नेताहरूले देशलाई विदेशीको क्रिडास्थल बनाइराखेमा नेपाली नागरिकले त्यसको कडा हिसाब माग्ने केसीको दाबी छ। केसीले वर्तमान सरकार र केही राजनीतिक शक्तिहरू विदेशीको दास बनेर देशलाई विनाशको बाटोमा लैजान लागेको भन्दै नागरिकलाई सजग रहन आग्रह गर्नुभएको छ।


    शुक्रवार, चैत्र २० २०८२०७:२७:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij