Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

देशभर चुनावी सरगर्मी बढ्यो, मनोनयन दर्ता भोली भएकाले दलहरुलाई भ्याईनभ्याई, तडकभडक नगर्न निर्वाचन आयोगको चेतावनी (खासखबर)

देशभर चुनावी सरगर्मी बढ्यो, मनोनयन दर्ता भोली भएकाले दलहरुलाई भ्याईनभ्याई, तडकभडक नगर्न निर्वाचन आयोगको चेतावनी (खासखबर)

  • सोमवार, माघ ५ २०८२

  • 382
    SHARES

  • देशभर चुनावी सरगर्मी बढ्यो, मनोनयन दर्ता भोली भएकाले दलहरुलाई भ्याईनभ्याई,  तडकभडक नगर्न निर्वाचन आयोगको चेतावनी (खासखबर)

    काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन आउन ४५ दिन बाँकी रहँदा देश निर्वाचनमय बनेको छ । यतिखेर देशभर चुनावी सरगर्मी बढेको छ । भोलि मनोनयन दर्ताको मिति तोकिएको छ । जसका कारण दलहरुलाई भ्याईनभ्याई भएको छ । यतिबेला दलहरु उम्मेदवार छनोटमा ब्यस्त छन् ।

    कतिपय दलले प्रत्यक्षतर्फ उम्मेदवारको टुंगो लगाइसकेका छन् भने कतिपय दल अव छनौट प्रकृयाको अन्तिम अन्तिममा पुगेको जनाएका छन् ।
    यता, सरकार, निर्वाचन आयोगसहित सुरक्षा निकायहरुले पनि आफ्नो तयारीलाई तीव्र बनाएका छन् । समानुपातिको बन्दसूची पनि आजै प्रकाशन भईसकेको छ ।

    निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा लगायत तडकभडक नगर्न चेतावनी दिनुभएको छ ।

    तडकभडकलाई कानूनले पूर्ण रुपमा निषेध गरेको र आचारसंहीताले पनि निषेध गरेकाले त्यस्ता गतिविधिहरू नगर्न निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले चेतावनी दिनुभएको हो ।आचारसंहिता उल्लंघन गर्नेविरुद्ध निर्वाचन आयोगले कठोर निर्णय लिने चेतावनी पनि दिएको छ ।

    राजनीतिक दल निर्वाचन आयोगको कार्यतालिकाअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सिटका लागि उम्मेदवार छनोटमा व्यस्त छन्।
    केहि दलले टुंगो लगाएपनि बाँकी दलले आज रातिसम्म छनोट गरिसक्ने बताएका छन् । कांग्रेसमा विशेष महाधिवेशनले गर्दा अहिलेसम्म सवै उम्मेदवारको टुंगो लागिसकेको छैन । उम्मेदवार छनोटमा सबै पक्षलाई समेट्ने प्रयास गरिरहेको दावी कांग्रेसले गरेको छ ।

    विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस उम्मेदवार छान्ने अन्तिम चरणमा रहेको बताउनुहुन्छ ।
    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ बाट उम्मेदवार बन्दै हुुनुहुन्छ । ओली निर्वाचनका लागि आज झापा पुग्नुभएको छ । अध्यक्ष ओलीले आगामी निर्वाचनका सन्दर्भमा चुनावी सुरक्षा अझै चित्तबुझ्दो नभएको झापा पुगेर प्रतिक्रिया दिनुभएको छ ।

    नेकपा संयोजक पुष्प कमल दाहाल प्रचण्ड पनि आजै रुकुम पूर्व पुगिसक्नु भएको छ । पार्टीहरुले सिफारिस गरेका अन्य उम्मेदवारहरु पनि निर्वाचन क्षेत्रमा पुग्दैछन् । एमाले अध्यक्ष ओलीका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह पनि आजै झापा पुग्दैहुनुहुन्छ । यसैक्रममा रास्वपाले आज जनकपुरबाट चुनावी सभाको सुरुवात गरेको छ ।

    जनकपुरधाममा आयोजित सभालाई सम्बोधन गर्दै (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले नागरिकले प्रशासनिक कामका लागि काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताउनुभएको छ।चुनावीसभालाई सम्वोधन गर्दै रास्वपा सभापति रवि लामिछानेले आफूमाथि सरकारले जस्तोसुकै मुद्दा लगाए पनि अब चिन्ता नभएको बताउनुहुन्छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा निर्वाचनमा होमीएको बताउनुहुन्छ ।दलहरुले आ आफ्नो तयारि गरिरहँदा प्रतिनीधीसभा निर्वाचनमा उम्मेदवार हुन धमाधम मन्त्रीहरुको राजिनामा पनि आईरहेको छ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले आजै पदबाट राजीनामा दिनुभएको छ ।

    कार्की नेतृत्वको मन्त्रिपरिषद्बाट यसअघि ऊर्जामन्त्री रहेका कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिईसक्नु भएको छ ।निर्वाचन आयोगले मतपत्र छपाइ, निर्वाचन कार्यालय स्थापना र मुख्य÷निर्वाचन अधिकृत पनि तोकिसकेको छ । आयोगले मतदाता, मतदानस्थल र मतदान केन्द्रको पनि टुंगो लगाएर जिल्ला–जिल्लामा सूची पठाइसकेको छ ।

    यता सरकार पनि निर्वाचनकेन्द्रित सुरक्षा व्यवस्थापन र सोहीअनुसार जनशक्ति परिचालनमा जुटेको छ । आजदेखि निर्वाचन प्रहरी छनोटको काम पनि अघि बढाइएको छ । निर्वाचन आयोगले गएरातिबाट आचारसंहिता जारी गरिसकेको छ । यि सवै तयारीका साथमा अव देश निर्वाचनमय भएको हो ।

     


    सोमवार, माघ ५ २०८२०७:४०:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij