Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

देउवा पक्षका नेताहरू विहानै निर्वाचन आयोगमा

देउवा पक्षका नेताहरू विहानै निर्वाचन आयोगमा

  • शुक्रवार, माघ २ २०८२

  • 283
    SHARES

  • देउवा पक्षका नेताहरू विहानै निर्वाचन आयोगमा

    काठमाडौँ । नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा पुगेका छन् । शुक्रबार बिहानै देउवा पक्षका नेताहरू कान्तिपथस्थित आयोगको कार्यालय पुगेका हुन् ।

    स्रोतका अनुसार नेताहरू विमलेन्द्र, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरुङ, जीतजंग बस्नेत लगायत आयोग कार्यालय पुगिसकेका छन् । गगन–विश्व समूहले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेसँगै कांग्रेसमा आधिकारिकता विवाद छ ।

    गगन पक्षले बिहीबार आधिकारिकता माग्दै आयोगमा निवेदन दिएको छ । यसले आयोग एउटा निर्णयमा पुग्नुपर्ने दबाबमा छ । देउवा पक्षले आफ्नो पक्षमा निर्णय गराउन दबाब दिने उद्देश्यले आयोगमा आफ्ना नेता कार्यकर्ता पठाएको बुझिएको छ । साथै कांग्रेसको तरुण दलले आयोग घेर्ने तयारी गरेको छ ।


    शुक्रवार, माघ २ २०८२१०:०५:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij