Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कांग्रेसमा नजिकिँदै औपचारिक विभाजन, विषेश महाधिवेशन पक्षधर निर्वाचन प्रक्रियामा होमिएपछी सँस्थापन दवाबमा, आ–आफ्नो अडानले पार्टी संकटमा (खासखबर)

कांग्रेसमा नजिकिँदै औपचारिक विभाजन, विषेश महाधिवेशन पक्षधर निर्वाचन प्रक्रियामा होमिएपछी सँस्थापन दवाबमा, आ–आफ्नो अडानले पार्टी संकटमा (खासखबर)

  • मंगलवार, पौष २९ २०८२

  • 1.1K
    SHARES

  • कांग्रेसमा नजिकिँदै औपचारिक विभाजन, विषेश महाधिवेशन पक्षधर निर्वाचन प्रक्रियामा होमिएपछी सँस्थापन दवाबमा, आ–आफ्नो अडानले पार्टी संकटमा (खासखबर)
    काठमाडौं। अन्ततः नेपाली कांग्रेसमा औपचारिक विभाजनको समय नै नजिकिँदै गएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा जारी विषेश महाधिवेशनले उत्पन्न परिस्थितिको सँस्थापन पक्षले उचित सम्बोधन गर्न तयार नबन्दा कांग्रेसमा औपचारिक विभाजनको लक्षण देखिएको हो। 
     
    काठमाडौंको भृकुटिमण्डपमा जारी विषेश महाधिवेशनमा कांग्रेसका करिव दुई तिहाई प्रतिनिधीले समर्थन जनाएपछी दवाबमा परेकोे सँस्थापन पक्षले पार्टीभित्र उत्पन्न सम्भावीत संकट टार्नेगरी एकताको पक्षमा लचक नबन्दा नयाँ नेतृत्व चयनका लागी निर्वाचन प्रक्रिया अगाडी बढेको छ। 
     
    बन्दसत्रले यसअघिको निर्वाचन समिति भंग गर्दै नयाँ निर्वाचन समिति गठन गरेसँगै नयाँ समितिले निर्वाचन प्रक्रियालाई अघि बढाएको छ। जसअनुसार आज मनोनयन सकेर भोली मतदान गराउने कार्यतालिका अनुसार विषेश महाधिवेशन पक्ष अगाडी बढेको छ। तर सँस्थापन पक्षले भने सामान्य कार्यकर्ता भेलाको रुपमा टिप्पणी गर्दै वैधानिकता नपाउने दाबी गर्दै आएको छ। 
     
    उसो त, विषेश महाधिवेशन पक्ष र सँस्थापन पक्षका नेताहरूले पार्टी विभाजन रोक्न वार्तालाई पनि निरन्तरता दिइरहेका छन्। कुनै पनि हालतमा पार्टी विभाजन हुन नदिने जिकिर दुबै पक्षले गर्दै आएका छन् तर, आज दिनभर भएका विशेष महाधिवेशन पक्षधर, शेखर कोइराला पक्ष र संस्थापन पक्षबीचका त्रिपक्षीय वार्ता उपलब्धीबिहिन बनेका छन्। 
     
    महामन्त्रीद्वयले हिजो नै कार्यबहाक सभापति पूर्णबहादुर खड्कालाई आफ्नो बटमलाइन पेश गरिसकेका थिए। संस्थापन पक्षबाट महामन्त्रीहरुको नेतृत्वमा बहुमत प्रतिनिधिहरु सहभागीतामा जारी दोस्रो विशेष महाधिवेशनलाई अपनत्व लिने काम भएको छैन। सोही कारण उत्पन्न संकट टार्न र पार्टीभित्र एकता कायम गर्नका लागि वार्ता तिब्र पारिएको छ।
     
    विषेश महाधिवेशनमा सहभागी प्रतिनिधीले आज नयाँ नेतृत्व चयनको पक्षका नाराबाजी नै गरेका थिए । महाधिवेशमा सहभागी प्रनितिधिहरुले ’नक्कली वार्ता मान्दैनौं’, ’केन्द्रीय समिति भंग गर’, ’नयाँ नेतृत्व चयन गर’ लगायतका नारा लगाउँदै नेतृत्वमा गगन विश्वको माग गर्दै नाराबाजी गरेका छन्। 
     
    देशभरबाट विषेश महाधिवेशनमा सहभागी बनेका प्रतिनिधीहरुले जसको नीति कार्यक्रम उसैको नेतृत्व हुनुपर्ने बताएका छन्। नेतृत्व परिवर्तबिना कांग्रेसको परिवर्तन सम्भव नरहेको भन्दै उनिहरुले आज विषेश महाधिवेशनले चौतर्फी आशा र भरोसा जगाएकोले युवा नेतृत्व चयन गरेर मात्रै प्रतिनिधीहरु फर्किने अडान राखेका छन्। 
     
    विषेश महाधिवेशनका लागी देशैभरबाट करिब दुई तिहाई प्रतिनिधीले सहभागीता जनाएपछी र सँस्थापन पक्षका चर्चीत नेताहरु पनि विषेशकै पक्षमा खुल्ने क्रम बढेपछी सँस्थापन पक्ष पूर्ण रुपमा सकसमा देखिन्छ । सँस्थापन पक्षकै शिर्ष नेताहरु पनि पार्टी विभाजनतिर धकेलिसकेकोले यसलाई बचाउन आह्वान गरेका छन्। 
     
    पूर्वउपसभापति विजयकुमार गच्छदारले अहिले पार्टी क्रिटिकल अवस्थामा पुगेको भन्दै संवाद गरेर विभाजन रोक्नुपर्नेमा जोड दिनुभयो। आफू विशेष महाधिवेशनको विरोधी नभए पनि सबैको सहमतिमा विशेष महाधिवेशन आयोजना हुनुपर्ने पक्षमा रहेको उल्लेख गर्दै अहिले पार्टी विभाजनतिर धकेलिएकोले सबै मिलेर यसलाई बचाउनुपर्ने बताउनुभयो।
     
    यस्तै,,सँस्थापन पक्षकै अर्का नेता रामहरि खतिवडाले पार्टीमा अहिले पश्चाताप गर्नुपर्ने अवस्था आएकोले बुद्धिमताका साथ काम गर्नुपर्नेमा जोड दिनुभएको छ। पार्टी विभाजन गर्ने दिशामा कोही पनि जान नहुने भन्दै उहाँले पार्टी जोगाउन सबैले जस्तोसुकै त्याग गर्नपनि तयार हुनुपर्ने बताउनुभयो।
     
    यता, विषेश महाधिवेशन पक्षका नेता डा. सुनिल शर्माले पार्टीभित्रका सबै मतभेद संवादबाटै टुंग्याउनुपर्नेमा जोड दिनुभएको छ। सुरुवातबाटै विषेश महाधिवेशनको पक्षमा रहेपनि सहमती विना नेतृत्व चयन भए पार्टी विभाजन हुने भएकाले त्यसलाई रोक्नुपर्ने बताउँदै आउनुभएका नेता शर्माले आज पत्रकार सम्मेलन नै गरेर संवादमार्फत समस्या टुंग्याइनुपर्ने बताउनुभयो । 
     
    कांग्रेस अहिले गम्भीर संकटको मोडमा रहेको उल्लेख गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विधानसम्मत ढंगले विशेष महाधिवेशन बोलाइदिन आग्रह गर्दागर्दै केन्द्रीय समितिमा आफ्नो बहुमत छ भनेर कार्यकर्ताको मनोभाव अस्वीकार गर्दा आजको परिस्थिति सिर्जना भएकोले वर्तमान विषम परिस्थितिमा कांग्रेस र भावी पुस्ताको भविष्य सोचेर पार्टीलाई एकताबद्ध राख्न संस्थापन पक्षले त्याग,समर्पण र अग्रगामी निर्णयको नेतृत्व गर्नुपर्ने बताउनुभयो। 
     
    सँस्थापन पक्षकै अर्का नेता डा. प्रकाशशरण महतले पनि पार्टी नेतृत्वको कारण पार्टी विभाजित नहुने दाबी गर्नुभएको छ। संस्थापन पक्षले पार्टीलाई एकताबद्ध बनाउन निकै लचकताका साथ संवाद गरिरहेको उल्लेख गर्दै विशेष महाधिवेशन पक्षधरले पनि लचकता अपनाउनुपर्ने बताउनुभयो। दोस्रो विशेष महाधिवेशन पार्टी र मुलुकको हितमा नरहेको टिप्पणी गर्दै महतले सँस्थापन पक्षका कारण पार्टी विभाजन नहुने दाबी गर्नुभयो।
     
    यसैबिच,,स्वयं महामन्त्री गगन थापाले विशेष महाधिवेशन आयोजना गरेर आफूहरूले विद्रोह गरेको बताउनुभएको छ। बन्दसत्रको समापन समारोहमा थापाले पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न गर्नु आफैँमा एउटा विद्रोह भएको जिकिर गर्नुभयो। आफूलाई पद चाहिएर विशेष महाधिवेशन आयोजना नगरेको थापाको भनाइ छ।
     
    तर कांग्रेस भित्र गिरोहका गुटहरू बनेका कारण कांग्रेस बदल्न जरुरी रहेको उहाँको भनाइ थियो। कुनैपनि निर्णय बाहिरबाट नहुने भन्दै उहाँले सबै निर्णण विषेश महाधिवेशनको हलबाटै गरिने भएकोले बाहिर आएका हल्लामा नपरी विश्वस्त रहन आग्रह गर्नुभयो।
     
    जेनजी आन्दोलनपछी मुलुकको परिवर्तित परिस्थितिको सामना गर्न कांग्रेसमा नेतृत्व परिवर्तनको आवाज उठेको हो। जसका लागी विषेश महाधिवेशनको माग गर्दै बहुमत महाधिवेशन प्रतिनिधीले पार्टी नेतृत्वलाई हस्ताक्षर बुझाएका थिए। 
     
    तर, सँस्थापन पक्षले भने बहुमत प्रतिनिधीको मागलाई विधान नै कुल्चिएर मिल्काउन खोजेपछी महामन्त्रीद्वय थापा र शर्माको अगुवाईमा विषेश महाधिवेशन आह्वान भएको हो। जसको पक्षमा दुई तिहाई प्रतिनिधीको समर्थन छ। मतदान प्रक्रियासम्म पुग्दा अझै बढ्ने देखिन्छ। निर्वाचन कार्यतालिका अनुसार मतदान भोली विहान हुँदैछ। 
     
    आज महामन्त्रीद्वय थापा र शर्माले पेश गरेका प्रतिवेदनहरू पारित भएका छन्। बन्दसत्रको हलमा हिजो पेस गरेका महामन्त्री थापाको समसामयिक राजनीतिक प्रतिवेदन र महामन्त्री शर्माको सांगठानिक प्रतिवेदनहरूमाथि समूहगत छलफल गरेर टोली नेताले निष्कर्ष सुनाएलगत्तै आजै बन्दसत्रबाट पारित भएका हुन् ।
     
    उता, पार्टी विभाजनबाट रोक्न र संकट सामना गर्न आजका वार्ताले सहमती जुटाउन असफल भएका छन्। विषेश महाधिवेशनमा झण्डै दुई तिहाई प्रतिनिधीले गरेको निर्णय सँस्थापन पक्षले अझै पनि अपनत्व लिन नखोज्दा कांग्रेस विभाजनको डिलमा पुगेको छ। 

     


    मंगलवार, पौष २९ २०८२०८:२२:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij