Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

निर्वाचनका लागि नयाँ दलहरुको आकर्षण, विचार सिद्धान्तभन्दा बढी स्वार्थ हावी,देशको निकाश नभै अस्थिरताको जोखिम (खासखबर)

निर्वाचनका लागि नयाँ दलहरुको आकर्षण, विचार सिद्धान्तभन्दा बढी स्वार्थ हावी,देशको निकाश नभै अस्थिरताको जोखिम (खासखबर)

  • शनिवार, मंसिर १३ २०८२

  • 826
    SHARES

  • निर्वाचनका लागि नयाँ दलहरुको आकर्षण, विचार सिद्धान्तभन्दा बढी स्वार्थ हावी,देशको निकाश नभै अस्थिरताको जोखिम (खासखबर)
    काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर यतिबेला निर्वाचन आयोगमा धमाधम नयाँ दल दर्ताको आकर्षण व्यापक बढेको देखिन्छ। 
     
    गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले ल्याएको उलटफेरको परिस्थिति ल्याएपछी तत्कालिन केपी ओली नेतृत्वको सरकार बहिगर्मनमा परेसँगै गठन भएको शुसीला कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधी सभा विघटन गरी फागुन २१ का लागि निर्वाचनको मिति घोषणा गरेको थियो। 
     
    त्यसपछी परिवर्तित राजनैतिक माहौल र अवस्थाको मौका छोपेर उक्त निर्वाचनमा फाइदा लिने रणनीतिका साथ विभिन्न व्यक्ति तथा समुहले धमाधम नयाँ दल दर्ता गरेर निर्वाचनमा जाने तयारी गरेपछी आयोगमा सुचिकृत हुने दलको सँख्या ह्वात्तै बढेको हो।
     
    आयोगका अनुसार विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेको सबै दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराइसकेका छन्। आउँदो मंसिर १४ सम्म चुनावका लागी दल दर्ता गर्ने समय अझै कायमै रहेकोले अझै बढ्ने सम्भावना प्रचुर देखिन्छ। निर्वाचन आयोगका सुचना अधिकारी सुमन घिमिरेका अनुसार हालसम्म आयोगमा सुचीकृत हुने राजनीतिक दलको सँख्या १३८ पुगेको छ। 
     
    त्यसमध्ये निर्वाचन प्रयोजनका लागि अहिलेसम्म १०९ वटा दलले आयोगमा दल दर्ता भैसकेका छन् भने अझै १८ दलले दिएको निवेदन आयोगले अध्ययन गरिरहेको सुचना अधिकारी घिमिरेले जानकारी दिनुभयो। यस्तै यसपटक दल दर्ता भएका दलहरुमध्ये केहीले एउटै चुनाव चिन्हबाट चुनाव लड्ने तयारी गरेर पनि आयोगमा निवेदन दिएकोले उनिहरुको पनि अध्ययन भैरहेको उहाँले जानकारी दिनुभयो।
     
    आयोगमा नयाँ दल दर्ता हुनका लागी राजनीतिक दलसम्बन्धी ऐनले कम्तीमा २१ सदस्यीय केन्द्रीय समिति, विधान, घोषणापत्र र ५०० जना मतदाताको हस्ताक्षरसहितको प्रतिबद्धता पत्रको आवश्यकता निर्धारण गरेको छ। त्यतिमात्रै जुटाएका समुहले पनि अहिले दल दर्ता गरेका छन्। यसमा स्वार्थ हाबी देखिएकोले देशको निकाश नभै थप अस्थिरताको जोखिम बढेको टिप्पणी हुन थालिसकेको छ।
     
    मुलुकमा व्याप्त भ्रष्टाचार र कुशासनमा पुराना दलहरुको मौनता र संरक्षणका कारण पुराना दलप्रति बढेको वितृष्णा जेनजी आन्दोलनमार्फत पोखिएको थियो। जसले ल्याएको परिवर्तित माहौलको मौका छोपेर हिलो पानिमा माछा मार्दै स्वार्थको रोटी सेक्ने जमर्कोमा सिमित दल र समुह लागेको राजनैतिक विश्लेषक डा. गंगाधर अधिकारीको टिप्पणी छ । 
     
    पुराना दलहरुप्रतिको वितृष्णा बढेको मौका छोपेर नयाँ दल तथा नयाँ अनुहार ल्याउँदा केही सिट प्रत्यक्ष र केही समानुपातिकबाट जित्ने अविलासा लिएर अहिले दल दर्ता गर्ने होडबाजी चलाइएको राजनैतिक विश्लेषक गोविन्दमान सिंह कार्कीको पनि टिप्पणी छ। 
     
    परिवर्तित समयको मौका छोपेर कुनै विचार र सिद्धान्त बिनै चुनाव जितिहाल्छु भन्ने महत्वाकाँक्षामा दल दर्ता गरी चुनावमा हुने सहभागीताले दिने नतिजाबाट देशमा स्थीरता भने नआउने विश्लेषक कार्कीको जिकिर छ।
     
    खासगरी मुलुकमा व्याप्त भ्रष्टाचार र कुशासनमा पुराना दलहरुको मौनता र संरक्षण मौलाउँदै जाँदा देशमा विकास र प्रगती नै वाधक बनेपछी बढेको पुराना दल र सिमति नेतृत्वकर्ताहरु प्रतिको वितृष्णा जेनजी आन्दोलनमार्फत पोखिएको थियो। 
     
    उक्त आन्दोलनले तत्कालिन मुलुकका दुई शक्तिसाली ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेसहित सात दल सम्मिलित केपी ओली नेतृत्वको सरकार बहिस्कारमा पारेपछी उत्पन्न परिस्थितिमा हिलो पानिमा माछा मार्ने उदेश्यले उद्धत विभिन्न समुह तथा व्यक्तिहरु दल दर्ता गरी निर्वाचनका लागी होमिएका छन्। 
     
    तर, जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिद र हजारौं घाइतेको त्याग ती नयाँ दलको प्राथमिकतामा परेको नदेखिँदा र महसुस नहुँदा जेनजी आन्दोलनकै बलमा बनेको अन्तरिम सरकारले गर्न लागेको निर्वाचनमै त्यो त्याग, योगदान र बलिदानी तथा धनजनको क्षति ओझेलमा पर्ने जोखिम बढ्दै गएको छ।
     
    यसले भोली जेनजी आन्दोलनको मर्म र देशको परिस्थिति एकातिर त देशको अवस्था र आवश्यकता अर्कोतिर जाने जोखिम बढ्दै जाँदा मुलुकको राजनैतिक संकट थप गहिरिँदै जाने जोखिम बढेको छ। 

     


    शनिवार, मंसिर १३ २०८२०८:१२:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij