Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सञ्चारकर्मीलाई बालुवाटार प्रवेशमा रोक लगाइएपछि...

सञ्चारकर्मीलाई बालुवाटार प्रवेशमा रोक लगाइएपछि...

  • मंगलवार, मंसिर १६ २०७७

  • 1.1K
    SHARES

  • सञ्चारकर्मीलाई बालुवाटार प्रवेशमा रोक लगाइएपछि...

    काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक जारी छ ।

    बैठकको समाचार संकलनका लागि त्यहाँ पुगेका पत्रकारलाई भने बालुवाटार प्रवेशमा रोक लगाइएको छ ।

    सुरक्षाको कारण देखाउँदै आफूहरुलाई प्रहरीले बालुवाटार प्रवेशमा रोक लगाएको सञ्चारकर्मीहरुले बताएका छन् ।

    अहिले आफूहरुले बालुवाटार प्रवेश बहिस्कार बाहिरबाटै रोपोर्टिङ गरिहेको उनीहरुले बताएका छन् ।

    बालुवाटार प्रवेश गर्न नदिइएपछि अहिले सञ्चारकर्मीहरुले विरोध गरिरहेका छन् ।

    यसअघि पनि सुरक्षाकै कारण देखाउँदै पार्टी कार्यालय धुम्बाराहीमा गर्ने भनिएको सचिवालय बैठक बालुवाटारमा सारिएको थियो ।

    तर, ‘सुरक्षा थ्रेट’ कोबाट कसलाई छ भन्ने चाहिँ खुलाइएको छैन ।


    मंगलवार, मंसिर १६ २०७७०४:००:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij