Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

विदेशमा रहेका नेपालीले पनि मताधिकार पाउँदै, राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता नामावली संकलन सुरु, कानुन संशोधनको तयारी (खासखबर)

विदेशमा रहेका नेपालीले पनि मताधिकार पाउँदै, राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता नामावली संकलन सुरु, कानुन संशोधनको तयारी (खासखबर)

  • बिहिवार, कार्तिक २७ २०८२

  • 1.7K
    SHARES

  • विदेशमा रहेका नेपालीले पनि मताधिकार पाउँदै, राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता नामावली संकलन सुरु, कानुन संशोधनको तयारी (खासखबर)
    काठमाडौं। जेनजी आन्दोलनको परिवतर्नपछी आगामी फागुनमा हुन लागेको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई पनि समेट्ने तयारी गरिएको छ।
     
    भ्रष्टाचार र कुशासनविरुद्ध भदौ २३÷२४ गते जेनजीले गरेको आन्दोलनले तत्कालिन सरकार बहिगर्मनमा पारेपछी आगामी फागुनमा हुन लागेको निर्वाचनमा विदेशमा रहेका नेपालीललाई पनि मताधिकार दिनेगरी यतिबेला मतदाता नामावली संकलन थालिएको छ।
     
    जेनजी आन्दोलनले तत्कालिन केपी ओली नेतृत्वको सरकार बर्खास्त गरेपछी गत भदौ २७गते पूर्वप्रधान न्यायाधिस सुशीला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारले फागुन २१ गते निर्वाचन गर्ने गरि प्रतिनिधी सभा विघटन गरेपछी अहिले निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्ने गरी तयारी तिब्र पारिएको छ। 
     
    उक्त निर्वाचनमा विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने गरी व्यवस्था मिलाउन जेनजीले नै तिब्र माग गरेपछी सरकारले अध्यादेशमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्नका लागी कानुनि अड्चन फुकाईदिएको थियो। त्यसपछी निर्वाचन आयोगले विभिन्न शिलशिलामा अध्ययन तथा रोजगारीका लागी विदेशमा रहेका नेपालीहरुको मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ। 
     
    आयोगले खासगरी मतदाता नामावलीमा दर्ता हुनका लागी यहि कात्र्तिक ३० गतेसम्मको समयावधी तोकिएपनि पछिल्लो समय तिब्र चाप बढेसँगै ठुलो सँख्यामा मतदाताहरु छुट्न सक्ने जोखिम देखेपछी आजदेखी देश तथा विदेशबाट अनलाइन मतदाता नामावली संकलन गर्नेहरूको नेशनल आइडी कार्ड अर्थात राष्ट्रिय परिचयपत्रबाट बायोमेट्रिक लिएर नामावली दर्ता गर्न सुरु गरेको छ। 
     
    विदेशमा रहेका नेपाली नागरिकका लागि मतदाता नामावलीमा नाम दर्ता गराउन नेपालका कूटनीतिक नियोग र अन्य संयन्त्र प्रयोग गर्ने भनिएपनि अब अनलाइनमार्फत फाराम भर्न सक्ने र फर्म भरेपछी आयोगले राष्ट्रिय परिचय पत्रमा भएको बायोमेट्रिक ल्याएर दाँजेपछी स्वतः विवरण मतदाता नामावलीमा दर्ता हुने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।
     
    यसले अब राष्ट्रिय परिचयपत्र नम्बर हुनेहरूलाई नाम दर्ताका लागी निर्वाचन आयोग नगइ अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने भएको छ। यसले विगतमा नाम, ठेगाना, जन्ममिति, पारिवारिक विवरण, नागरिकता प्रमाणपत्र आदि विवरण भरेर बायोमेट्रिक दिन सम्बन्धित निर्वाचन कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गरेको छ। 
     
    निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अहिले अधिकांश नागरिकले नेशनल आइडी कार्ड बनाइसकेकाले अनलाइन मतदाता नामावली संकलन गर्नेहरूको पनि तयसबाटै बायोमेट्रिक लिएर नामावली संकलनका लागि थप सहज बनाइएको जानकारी दिनुभयो। 
     
    यसले जेन–जीका मागहरू सम्बोधन गर्ने आयोगले विश्वास लिएको भन्दै उहाँले अब अध्ययन वा कामका लागि विदेशमा रहेका सबै नेपाली नागरिकले पनि अनलाइनबाटै फारम भर्नसक्ने बताउनुभयो। मतदाता नामावलीमा नाम दर्ता गरेकाहरुको आयोगले राष्ट्रिय परिचय पत्रको बायोमेट्रिक ल्याएर दाँजेपछी स्वतः विवरण मतदाता नामावलीमा दर्ता हुने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। 
     
    आयोगले विदेशमा रहेका नेपालीको मतदाता नामावलीमा नाम दर्ता थालेसँगै सरकारले पनि मताधिकारका लागी पनि आवश्यक कानुन संशोधनको तयारी पनि गरेको छ। 
     
    यसपटक विदेशमा रहेका नेपालीसँगै युवापुस्तालाई मतदानमा सहभागी गराउने उदेश्यले सरकारले मतदाता नामावली ऐन २०७३लाई संशोधन गरेर नामावली दर्ता प्रक्रिया अगाडी बढाएको जानकारी दिँदै गृहमन्त्री ओमप्रकाश अर्यालले त्यसपछी दुईलाख बढी मतदाता थपिएको बताउनुभयो। 
     
    उहाँले सरकारले सबै पक्षलाई समेटेर तोकिएकै समयमा फागुन २१ गते नै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन अन्तरिम सरकार आतुर रहेको बताउनुभयो। 
     
    विभिन्न शिलशिलामा विदेशमा रहेका नेपालीलाई मताधिकार दिने उदेश्यले ऐन संशोधन गरि मतदाता संकलन तिब्र पारेको सरकारले मताधिकारका लागी कानुन संशोधन प्रक्रिया पनि अगाडि बढाएको बताउँदै गृहमन्त्री अर्यालले यसपटक जसरी पनि विदेशबाट भोट हाल्न पाउने व्यवस्था मिलाइने बताउनुभयो। त्यसको प्राविधिक रूपमा कसरी काम गर्ने भनेर नीति अनुसन्धान प्रतिष्ठानले तिब्रताका साथ काम गरिरहेको जानकारी दिनुभयो। 
     
    मुलुकमा व्याप्त भ्रष्टाचार र कुशासनविरुद्ध जेनजीले गरेको आन्दोलने उत्पन्न परिस्थितिको सामना गर्न आगामी फागुन २१ गते निर्वाचन गर्ने म्याण्डेट लिएर बनेको वर्तमान अन्तरिम सरकारले यसपटक जेनजीकै मागबमोजिम विदेशमा रहेका नेपालीहरुलाई पनि मताधिकार प्रयोग गर्न पाउने अवसर दिने तयारी थालेको छ। 
     
    सोहीअनुसार सरकारले  यसअघी अध्यादेशमार्फत निर्वाचन आयोगलाई मतदाता नामावलीमा नाम दर्ता गराउनका लागी कानुनी अड्चन फुकाएको थियो। अब मतदानका लागी पनि आवश्यक कानुन छिट्टै संशोधन गर्ने तयारीमा छ। 
     
    आयोगले मतदाता नामावली दर्ताका लागी आउँदो कात्तिक ३० गतेसम्मका लागी समय दिएको छ। तसर्थ राष्ट्रिय परिचयपत्र बनाएका नेपालीहरुले अनलाइनमार्फत मतदाता नामावलीमा नाम दर्ता गरेर आफ्नो मताधिकार सुरक्षित गर्नु उत्तम हुन्छ। 

     


    बिहिवार, कार्तिक २७ २०८२०७:४४:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij