Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

निजी क्षेत्रलाई सार्वजनिक महत्वको क्षेत्र मान्ने प्रस्ताव सरकारले अघि बढाउनु पर्छ - अध्यक्ष ढकाल

निजी क्षेत्रलाई सार्वजनिक महत्वको क्षेत्र मान्ने प्रस्ताव सरकारले अघि बढाउनु पर्छ - अध्यक्ष ढकाल

  • आइतवार, कार्तिक २३ २०८२

  • 1.0K
    SHARES

  • निजी क्षेत्रलाई सार्वजनिक महत्वको क्षेत्र मान्ने प्रस्ताव सरकारले अघि बढाउनु पर्छ - अध्यक्ष ढकाल

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनबाट निजी क्षेत्रमा ८८ अर्बको क्षति भएको बताउनु भएको छ । यसले उद्योगी व्यवसायीहरुको मनोबल कमजोर बनाएको उहाँले बताउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै ढकालले नयाँ सरकार बनेसँगै सुधारको संकेत देखिएको बताउनुभयो । पछिल्लो समय व्यवसायीले नाफा गर्नु अपराधको रुपमा चित्रित हुँदै आएको भन्दै उहाँले व्यवसायीले सेवा दिएर नाफा गरेको भएकाले त्यसरी बुझ्न नहुने बताउनुभयो ।

    निजी क्षेत्र संवेदनशील रहेको भन्दै उहाँले एक अर्कालाई उत्प्रेरणा दिन आफूहरु तत्पर रहेको बताउनुभयो । लामो समयदेखि विवादित बनेको डेडिडेकेट ट्रंकलाइन विवाद समाधानका लागि आफ्नो प्रस्तावलाई समर्थन गरेर प्रधानमन्त्री, ऊर्जामन्त्री लगायतले गरेको पहल सराहनीय रहेको भन्दै विवाद अन्त्य हुने विश्वास आफुले लिएको उहाँको भनाई छ ।

    विश्व बैंकले पूर्वप्रक्ष्येपण घटाएर २.१ प्रतिशतको मात्र आर्थिक वृद्धि हुने संशोधित अनुमान गरेको भन्दै अध्यक्ष ढकालले निजी क्षेत्रको मनोवल घट्ने हो भने यो अझ कम हुने उल्लेख गर्नुभयो । निजी क्षेत्रमा कुनै पनि प्रकारको आक्रमण नहुने र क्षति परेको अवस्थामा निजी क्षेत्रलाई सार्वजनिक महत्वको क्षेत्र मान्ने प्रस्ताव सरकारले अघि बढाउनुपर्ने बताउँदै उहाँले सरकारले निजी क्षेत्र संरक्षण र प्रबद्र्धन योजना बनाउनुपर्ने बताउनुभयो ।

     


    आइतवार, कार्तिक २३ २०८२१०:१६:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij