Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

चुनाव वा अधिवेशन मध्ये एउटा मात्रै रोज्ने छुट काँग्रेसलाई छैन - डा. भण्डारी

चुनाव वा अधिवेशन मध्ये एउटा मात्रै रोज्ने छुट काँग्रेसलाई छैन - डा. भण्डारी

  • मंगलवार, कार्तिक १८ २०८२

  • 1.1K
    SHARES

  • चुनाव वा अधिवेशन मध्ये एउटा मात्रै रोज्ने छुट काँग्रेसलाई छैन  - डा. भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका लोकप्रिय नेता डा. चन्द्र भण्डारीले पार्टीले आगामी चुनौतीहरूको सामना गर्न चुनाव र अधिवेशन दुबैलाई सन्तुलित रूपमा अघि बढाउनुपर्ने बताउनु भएको छ । सामाजिक सञ्जालमार्फत विचार सार्वजनिक गर्दै डा. भण्डारीले लेखेका लेख्नुभएको छ, “यो समय देशमा देखा परेका राष्ट्रिय समस्याहरू समाधानमा केन्द्रीत हुने समय हो। यस्तो संवेदनशील घडीमा अनुभव, जिम्मेवार र परिपक्व निर्णय अत्यावश्यक हुन्छ ।”

    उहाँका अनुसार कांग्रेसले आफ्नै भित्री द्वन्द्वलाई बाहिर ल्याउँदा जनतामा निराशा र देशमा अन्यौलता बढाउने खतरा हुन्छ। कांग्रेस आफ्नो जिम्मेवारपूर्ण इतिहासको निरन्तरताबाट बाहिरिन नमिल्ने उहाँले बताउनु भएको छ ।

    डा. भण्डारीले कांग्रेसको शक्तिशाली निकायले बहुमत हस्ताक्षरसहित महाधिवेशनको प्रस्ताव बुझाइसकेको स्मरण गर्दै अधिवेशन पार्टीको जीवन्तता र संगठनको आधार भएको उल्लेख गर्नुभएको छ । “अर्कोतर्फ तत्कालीन सत्ता साझेदार एमालेले मंसिरमा अधिवेशन गर्ने तयारीमा छ। त्यसैले कांग्रेसले राष्ट्रिय मुद्दाको नेतृत्व गर्न अग्रसरता पनि नदेखाउने र आफ्नो अधिवेशन पनि नगर्ने भन्ने छुट छैन,” उहाँले भन्नुभएको छ ।

    “बजारमा तर्क र विचार बिक्छ, तर ‘सकिँदैन’ भन्ने तर्क कहिल्यै बिक्दैन,” भण्डारीले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।


    मंगलवार, कार्तिक १८ २०८२१०:१८:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij