Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नेपाली कांग्रेसमा युवा नेतृत्व र नियमित महाधिवेशन आवश्यक भइसक्यो - नैनसिंह महर

नेपाली कांग्रेसमा युवा नेतृत्व र नियमित महाधिवेशन आवश्यक भइसक्यो - नैनसिंह महर

  • सोमवार, कार्तिक १७ २०८२

  • 899
    SHARES

  • नेपाली कांग्रेसमा युवा नेतृत्व र नियमित महाधिवेशन आवश्यक भइसक्यो - नैनसिंह महर

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको विगत र वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै नेतृत्व तहले राष्ट्रका आवश्यक विषय कार्यान्वयन गर्न नसकेको आरोप लगाउनु भएको छ । उहाँका अनुसार कांग्रेसलाई जीवन्त राख्नुपर्ने जिम्मेवारी शीर्ष नेताहरूले वहन गर्न सकेनन्, बरु अवसरको प्रयोग मात्रै गरे, जसका कारण कार्यकर्ताहरू स्थिर हुन सकेनन् र संगठन कमजोर हुँदै गयो ।

    महरले पार्टीले आफुखुसी आसेपासे नेताहरूलाई टिकट वितरण गर्ने र अप्राकृतिक गठबन्धन गर्ने गरेकाले कांग्रेसलाई स्पष्ट बहुमतबाट वञ्चित बनाएको बताउनुभयो । उहाँले कांग्रेसले विगतमा सधैँ सरकारमा बस्न खोज्दै ‘बैशाखी टेकेको राजनीति’ गर्दा समस्या आएको र ओली नेतृत्वको सरकारमा सहभागी हुनुको सट्टा प्रतिपक्षमा बसेर आत्मसमिक्षा गर्नुपर्ने समयमा सरकारमा गएर गलत भएको दाबी गर्नुभएको छ ।

    उहाँले वर्तमान राजनीतिक संकटको जिम्मा तत्कालीन सरकार, दलका शीर्ष नेताहरूले लिनुपर्ने बताउनु भएको छ । साथै उनले सरकारको समयमा नै बुद्धी नपुग्दा २३ र २४ भदौको आन्दोलनले देशलाई तहसनहस पारेको दाबी गर्नुभएको छ । महरले वृद्ध उम्मेरका नेताहरूले विश्राम लिएर युवाहरूलाई अगाडि ल्याउने हो भने मात्र कांग्रेस पुनः मजबुत बन्न सक्ने दाबी गर्नुभएको छ ।

    महाधिवेशनसम्बन्धी प्रसंगमा महरले भन्नुभयो, “विशेष महाधिवेशन गर्ने कुरा विवादको विषय होइन, तर समय कम भएकाले नियमित महाधिवेशन नै उपयुक्त हुन्छ।” उहाँले आफू र शेखर कोइराला लगायतका नेताहरू तीन महिनादेखि नियमित महाधिवेशनको पक्षमा रहेकाले दैनिक १६ घण्टाको मेहनत गरे मंसिरमै महाधिवेशन सम्भव हुने दाबी गर्नुभएको छ ।

    त्यसैगरी, फागुन २१ गते तय गरिएको निर्वाचनलाई दृष्टिगत गर्दै उनले कांग्रेसले राष्ट्र र नागरिकलाई वर्तमान संकटबाट निकाल्न ‘अर्जुन दृष्टि’सहित तयारी सुरु गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।


    सोमवार, कार्तिक १७ २०८२१०:२८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij