Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सबै कम्युनिष्ट नेताहरुलाई भेट्ने झलनाथको तयारी, एमालेमा फर्किन पनि सक्ने स्पष्टोक्ति

सबै कम्युनिष्ट नेताहरुलाई भेट्ने झलनाथको तयारी, एमालेमा फर्किन पनि सक्ने स्पष्टोक्ति

  • शनिवार, कार्तिक १५ २०८२

  • 976
    SHARES

  • सबै कम्युनिष्ट नेताहरुलाई भेट्ने झलनाथको तयारी, एमालेमा फर्किन पनि सक्ने स्पष्टोक्ति

    काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले हालको सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नु भएको छ । नेपाली रेडियो नेटवर्क नेपाली वहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले भावुक हुदै भन्नुभयो, “अरू देशका मित्रहरूले मेरी श्रीमतीको स्वास्थ्यबारे सोधे, तर आफ्नै सरकारले सोधेन।”

    पुर्व प्रधानमन्त्री खनालले नेपालको पहिलो महिला प्रधानमन्त्रीको रुपमा सुशीला कार्की नियुक्त भएको थाहा पाँउदा खुशी लागेको तर उहाँबाट अर्की महिला आफ्नी श्रीमतीप्रति भने कत्ति पनि ममता र सहानुभूती प्रकट नभएको देख्दा चित्त दुखेको उल्लेख गर्नुभयो ।

    उहाँले आफ्नो श्रीमतीको उपचारका लागि सरकारको तर्फबाट अहिलेसम्म कुनै चासो र सहयोग नभएको स्पष्ट पार्दै उपचार खर्च सम्झँदा निद्रा नलाग्ने गरेको बताउनु भयो । नेता विरोधी आन्दोलन गरेर आफैं नेता बनेका धेरैको व्यवहार नैतिक रूपमा कमजोर भएको उहाँको टिप्पणी छ। खनालले जेन्जी आन्दोलनप्रति समर्थन जनाएको दुई घण्टामै आफ्नै घरमा आक्रमण भएको स्मरण गर्दै भन्नुभयो, “हाम्रो घरमा आठ दराज किताब थिए, तर एउटा चिट्को पनि बाँकी नरहने गरी जलाइयो ।” उहाँले थप्नुभयो, “शिशा पग्लिने गरी भएको आगजनी सामान्य आन्दोलनकारीको काम होइन, यो योजनाबद्ध हमला हो।”

    पुर्व प्रधानमन्त्री खनालले राजतन्त्रविरुद्ध नै भएको आन्दोलनका क्रममा पनि राजदरबारमा एउटा ढुंगा समेत नहानिएको उल्लेख गर्दै अहिलेका आन्दोलन अत्यन्त हिंस्रक भएको दावी गर्नुभयो ।

    एमालेबाट फुटेर बनेको नेकपा एसका सम्मानीत नेता खनालले आफूले चाडै नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपाको नेत्र विक्रम चन्द विप्लवलगायत साना ठूला सबै कम्युनिष्ट नेताहरूसँग संवाद गर्ने जानकारी दिनुभयो । उहाँले विचार मिल्यो भने आफूलाई एमालेमा फर्किन समस्या नभएको पनि स्प्ष्ट पार्नुभयो ।


    शनिवार, कार्तिक १५ २०८२०९:२६:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij