Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले भ्रष्टाचारीलाई आरोप लगाउने होईन, कारवाही गर्ने हो : सह-महामन्त्री पाण्डे

प्रधानमन्त्रीले भ्रष्टाचारीलाई आरोप लगाउने होईन, कारवाही गर्ने हो : सह-महामन्त्री पाण्डे

  • शनिवार, कार्तिक १५ २०८२

  • 985
    SHARES

  • प्रधानमन्त्रीले भ्रष्टाचारीलाई आरोप लगाउने होईन, कारवाही गर्ने हो : सह-महामन्त्री पाण्डे
    काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले प्रधानमन्त्री सुशीला कार्की अहिले भ्रष्टाचारीलाई कारवाही गर्न भन्ने होईन गर्ने ठाउँमा भएको टिप्पणी गर्नु भएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा उहाँले नेता जति सबैलाई भ्रष्टाचारीको आरोप लगाउन नमिल्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, छानविन गरेर दोषी देखिएकालाई मात्रै आरोप लगाउन मिल्छ, सबैलाई त्यसै भ्रष्टाचारी भन्न मिल्दैन ।

    निवर्तमान पर्यटन मन्त्री समेत रहनु भएका पाण्डेले मन्त्रालयमा रहँदा आफूले गरेको कामहरुका बारेमा खरो परिक्षामा उत्रिन आफू तयार रहेको उल्लेख गर्नुभयो । मैले मन्त्रालयमा हुँदा सुशासन कायम गर्न र भ्रष्टाचार न्यूनीकरण गर्ने धेरै अभ्यासहरु सुरु गरेको थिएँ, मन्त्रालयमा अन्य कामहरु पनि धेरै भएका थिए, उहाँले भन्नुभयो ।

    काँग्रेस सहमहामन्त्री पाण्डेले अहिलेको कार्यसमितिको म्याद नथपिकनै निर्वाचन अगाडि नै काँग्रेसको महाधिवेशन हुने दावी गर्नुभयो । उहाँले म्याद हुँदै अधिवेशनको प्रक्रिया सुरु हुन्छ र त्यसपछि म्याद थप्न पर्दैन भन्नुभयो ।


    शनिवार, कार्तिक १५ २०८२०८:३५:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij