Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सरकार,जेनजी,दलबिच तोडियो संवादहिनता, त्रिपक्षीय वार्ताले बनाउँदै चुनावी माहौल, निर्वाचनमा जान सबै सहमत (खासखबर)

सरकार,जेनजी,दलबिच तोडियो संवादहिनता, त्रिपक्षीय वार्ताले बनाउँदै चुनावी माहौल, निर्वाचनमा जान सबै सहमत (खासखबर)

  • बिहिवार, कार्तिक १३ २०८२

  • 870
    SHARES

  • सरकार,जेनजी,दलबिच तोडियो संवादहिनता, त्रिपक्षीय वार्ताले बनाउँदै चुनावी माहौल, निर्वाचनमा जान सबै सहमत (खासखबर)
    काठमाडौं। सरकार, राजनैतिक दल र जेनजीबिचको संवादहिनता तोडिएको छ। गत भदौ २३ र २४ गतेको उथलपुथलले उत्पन्न वर्तमान विसम परिस्थितिले सृजित संवादहिनताको अवस्था बुधबारको त्रिपक्षीय वार्ताले तोडेको हो। 
     
    भ्रष्टाचार र कुशासनविरुद्ध जेनजी पुस्ताले थालेको आन्दोलनले तत्कालिन सरकार बहिगर्मनमा परेपछी जेनजीकै सिफारिसमा बनेको सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारले करिब डेढ महिनासम्म पनि राजनैतिक दल र जेनजीलाई सँगै राखेर छलफल गर्न सकेको थिएन। जसकारण आलोचनासमेत भैरहेको थियो। यद्यपी छुट्टाछुट्टै भने वार्ता भएको पटकपटक भएको थियो। 
    सरकार गठनलगत्तै प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ का लागी निर्वाचनको मिति घोषणा गरेर काम कारबाही अगाडी बढाएको सरकारले पनि निर्वाचनको वाताबरण बनाउन नसकेकोे र दल तथा जेनजीबिचको संवादहिनता तोड्न नसकेको भन्दै टिप्पणी बढिरहेको थियो। 
     
    अर्कातिर आन्दोलनको दौरान नेतृत्वबिहिन रहेका जेनजीहरु नै अहिले तितरबितर बन्दै गएपछी तथा विभिन्न समुह एवं उपसमुहमा विभाजित भएर एकापसमा विवादिन हुन थालेपछी यसलाई एकत्रित गर्न पनि सरकारले भुमिका नखेलेको आरोप लागेको थियो। 
     
    फेरी उता आन्दोलनका क्रममा भएको सरकारी दमन र घुसपैठ तथा यसअघीका भ्रष्टाचार र अनियमितताको छानबिनका लागी पनि तत्कालिन प्रधानमन्त्री तथा गृहमन्त्री लगाएतलाई नियन्त्रणमा ल्याएर अनुसन्धान गर्न नसकेकोे भन्दै सरकारको कार्यक्षमतामाथी नै प्रश्न उठाउँदै तिब्र आलोचना पनि भैरहेकै छ। 
     
    जसले गर्दा निर्धारित समयमा निर्वाचन हुनेमा पनि आशंका जन्मिन थालेपछी प्रधानमन्त्री कार्कीले हिजो बुधबार राजनैतिक दल, जेनजी समुह लगाएत सँग सामुहिक छलफल गर्नुभएको हो ।  गएराति अबेरसम्म भएको उक्त त्रिपक्षीय वार्तामा दर्जन बढी जेनजी प्रतिनिधीसँगै राजनैतिक दलका नेताहरु र अन्य अभियान्तासँगै सरकारका तर्फबाट प्रधानमन्त्रीसँगै केही मन्त्रीहरु सहभागी रहेका थिए।
     
    उक्त पहिलोचरणको वार्ताले संवादहिनता तोड्दै चुनावी वाताबरण निर्माणका लागी महत्वपूर्ण भुमिका निर्वाह गरेको छलफलमा सहभागीहरुले बताएका छन्। पहिलो चरणको वार्ता सकारात्मक रुपमा अगाडी बढेको र उक्त वार्तामा सबैले आ आफ्ना धारणा राखेको  बताउँदै जेनजी अगुवा खेमराज साउदले निर्वाचनका लागी एमालेबाहेक सबै दल सहमत देखिएको बताउनुभयो । 
     
    जेनजी आन्दोलनलाई सँस्थागत गर्न र मुलुकमा कायम भ्रष्टाचारको अन्त्य तथा सुशासनको प्रत्याभुतिको सुनिश्चततापछी बल्ल निर्वाचन हुनुपर्ने आँफुहरुको मागमा सबै सहमत देखिएको साउदको भनाई छ। 
     
    यस्तै त्रिपक्षीय वार्तामा जेनजीसँगै सबै दललाई समेटेर निर्वाचनमा जानुपर्ने विषयमा सबैको एकमत प्राय देखीएको जानकारी दिँदै वार्तामा सहभागी अभियान्ता सागर ढकालले निर्वाचनमा केकसरी जाने भन्ने विषयमा पहिलोचरणको वार्तामा पनि निकै घनिभुत रुपमा सकारात्मक छलफल भएको बताउनुभयो। 
     
    वार्तामा सहभागी प्रायः सबै दल निर्वाचनमा जान र चुनावी वाताबरण बनाउन सकारात्मक देखिएका छन्। जेनजीले उठाएका माग र त्यसपछीको परिस्थितिको सामना गर्न निर्वाचनमा जान सबै सकारात्मक बनेको बताउँदै नेकपा एसका नेता राजेन्द्र पाण्डेले निर्वाचनको वातावरण बनाउन सबैले सरकारलाई सुझाव दिएको बताउनुभयो। तथापी एमालेले भने संसद पुनस्थापनाको माग राखेपनि वार्तामा जेनजीसहित सबैले अब त्यो सम्भावना नहुने भएकोले निर्वाचनमा जानुपर्नेमा जोड दिएको बताउनुभयो। 
     
    यस्तै पहिलोचरणको त्रिपक्षीय वार्तामा सबैले आ आफ्नो धारणा राखेको र अपेक्षा गरेभन्दा बढी उपलब्धीमुलक बनेको बताउँदै जसपा नेता प्रकाश अधिकारीले वार्ताबाट निर्वाचनमा जान सबै पक्ष सहमत देखिएको बताउनुभयो। उहाँले जेनजी आन्दोलन र परिवर्तनलाई सँस्थागत गरेर अगाडी बढ्नुपर्नेमा सबै तयार देखिएकोले वार्ता फलदायी बनेको निष्कर्श सुनाउनुभयो। 
     
    यता, सरकारले पनि पहिलो चरणको वार्ता अपेक्षागरेभन्दा बढी उपलब्धीमुलक, सौहार्दपूर्ण र परिणाममुखी बनेको दाबी गरेको छ। जेनजी र राजनैतिक दलका बिचमा रहेको संवादहिनता तोड्दै सबैपक्षले आ आफ्नो धारणा राखेको बताउँदै सरकारका प्रवक्ता एवं सुचना, सञ्चार तथा प्रविधि मन्त्री जगदिश खरेलले वार्ताले जेनजी आन्दोलनलाई सँस्थागत गर्न र भ्रष्टाचार र कुशासनलाई अन्त्य गर्दै निर्धारित समयमै चुनाव सम्पन्न गर्नका लागी वार्ता महत्वपूर्ण बनेको बताउनुभयो। 
     
    भ्रष्टाचार र कुशासनविरुद्ध जेनजीले थालेको आन्दोलनले देशमा ल्याएको उथलपुथलपछी उत्पन्न परिस्थितिको सामना गर्दै आगामी फागुन २१ गते निर्वाचन गराउने म्याण्डेटका साथ कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारले करिब डेढ महिनासम्म दल र जेनजीलाईसँगै राखेर वार्ता गराउन सकेको थिएन। जसले गर्दा निर्धारित समयमा निर्वाचन हुनेमा आशंका र सरकारको कार्यशैलिमाथी प्रश्न उठ्न थालेको थियो । 
     
    जसलाई यो त्रिपक्षीय वार्ताले संवादहिनता अन्त्य गर्दै निर्वाचनका लागी पनि वातावरण बनाउँदै लैजाने विश्वास लिइएको छ। तसर्थ सरकारले वार्ता र संवादलाई निरन्तरता दिँदै निर्धारित समयमै स्वच्छ र भएरहित रुपमा निर्वाचन हुन्छ भन्ने सुनिश्चीतता दिलाउँदै जान र विश्वासको वातावरण निर्माण गर्न जरुरी छ।

     


    बिहिवार, कार्तिक १३ २०८२०७:१७:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij