Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

जहाजमा गएका विपिन जोशी कफिनमा फर्किए, बेपत्ता भएको २ वर्ष १३ दिनमा परिवारले पायो शव, परिवारसँगै सिँगो देश नै “भावविह्वल” (खासखबर)

जहाजमा गएका विपिन जोशी कफिनमा फर्किए, बेपत्ता भएको २ वर्ष १३ दिनमा परिवारले पायो शव, परिवारसँगै सिँगो देश नै “भावविह्वल” (खासखबर)

  • सोमवार, कार्तिक ३ २०८२

  • 1.4K
    SHARES

  • जहाजमा गएका विपिन जोशी कफिनमा फर्किए, बेपत्ता भएको २ वर्ष १३ दिनमा परिवारले पायो शव, परिवारसँगै सिँगो देश नै “भावविह्वल” (खासखबर)

    काठमाडौं। हजारौं सपना बोकेर जहाजमा इजरायल गएका नेपाली युवा विपिन जोशी हमास समुहको आक्रमण ज्यान गुमाएको दुई वर्षपछी आज कफिनमा फर्किएका छन्।

    सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्कायमा अध्ययनका क्रममा ’लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरेल पुगेका कञ्चनपुरका २४ वर्षिय विपिन विद्रोही समुह हमासले ७ अक्टोबर २०२३ मा गरेको आक्रमणपछी वन्धक बनाएको २ वर्ष १३ दिनमा आज कफिनमा शव बनेर नेपाल आएका हुन्।

    विपिनसँगै इजरायल गएका १७ जना नेपालीहरु इजरायलको दक्षिणी क्षेत्र गाजाको सीमानजिकै अलुमिम किवुजको एउटा कृषि फर्ममा कार्यरत रहेका बेला हमासले गरेको आक्रमणमा १० जनाले घटनास्थलमै ज्यान गुमाएका थिए, अरू चारजना घाइते भएका थिए भने विपिनलाई वन्धक बनाएर लैजाँदा दुईजना सकुशल थिए। ति मृतक १० जनाको शव उतिबेलै नेपाल ल्याएर अन्तेष्टि गरिएको थियो।

    तिनै घाइतेमध्येका एकजना विपिनका साथीले बताएअनुसार हमास समूहले आफूहरू बसेको बङ्करमा ग्रिनेड प्रहार गरेको र त्यसमध्ये एउटा विपिनले टिपेर बाहिर फ्यालिदिएका कारणले आफूहरू बाँच्न सफल भएको तर विपिनलाई हमासले कब्जामा लिएको थियो।

    त्यसपछी अज्ञात रहेका विपिनको बल्ल यतिबेला मृत्यु पुष्टि भएको हो। त्यसको एक महिनापछि इजरायली सेनाले फेला पारेको विपिनको जीवित भिडियो केहीहप्ता पहिला मात्रै सार्वजनिक भएको थियो। जसले विपिन जिबितै फर्किने आशा पलाएको थियो।

    तर,यतिबेला इजरायल र हमासबीच जारी युद्ध अन्त्य गर्ने क्रममा बन्धक र प्यालेस्टिनी कैदी रिहा गर्ने सहमति भएपछि हमासले गत सोमबार विपिनको शव हस्तान्तरण गरेपछी डीएनए परीक्षणबाट शव पुष्टि गरिएको थियो । अहिलेसम्म जिवितै फर्किने आशा रहेकोमा अकस्मात मृत्युको खबरपछी शव नेपाल आउँदा परिवारमा ठुलो बज्रपात परेको छ सिँगो देश नै शोकाकुल बन्न पुगेको छ।

    यसबिचमा विपिन जिवितै रहेको आशामा रिहाइको पहल गर्न विपिनकी आमा र बहिनि इजरायलमै पुगेर दबाब दिएका थिए भने त्यसपछी अमेरिकासमेत पुगेर अमेरिकि सरकालाई समेत गुहारेका थिए तर उनिहरु अमेरिकामै रहेका बेला विपिन जिवित नरहेको खबर आएपछी उनिहरु केही दिन पहिले स्वदेश फर्किएका थिए।

    तर यता आज विपिनको शव नेपाल आइपुगेपनि मृत्युको कारण भने अझै खुल्न सकेको छैन । परिवारलाई प्राप्त पत्रमा विपिनको टाउकोमा गोली लागेपछी मृत्यु भएको उल्लेख छ भने हमासले इजरायली हवाई आक्रमणमा विपिन मारिएको दाबी गर्दा इजरायलले भने हमासले नै विपिनको हत्या गरेको दाबी गरेको छ।

    पढ्दै कमाउँदै कार्यक्रममा इजरायल गएर राम्रो आम्दानी गरि स्वदेशमै फर्किएर परिवारसँग रमाउँदै खुसिसाथ जिविका चलाउने रँगिन सपना देखेका विपिन विद्रोही समुहको बन्धक बनेर दुइबर्षसम्म न गास न सास न लासको अवस्थामा पुगेपछी आज कफिनमा अवशेष बनेर फर्किँदा परिवारसँगै सिँगो देश नै रोईरहेको छ।

    इजरायलमा रहेको नेपाली राजदूतावासको समन्वय र इजरायली सरकारको संयोजनमा मृतक जोशीको शव नेपाल ल्याइएको हो। फ्लाई दुबईको विमानबाट दिउँसो शब नेपाल आएपछी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको सैनिक वाहिनी परिसरमा शोक सभाको आयोजना गरेर सरकारले सम्मान प्रकट गरेको छ।

    प्रधानमन्त्री सुशीला कार्कीले पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धान्जली अर्पण गर्दै विपिनको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभयो । प्रधानमन्त्री कार्कीले विपिनलाई जिवितै एयरपोर्टमा भव्य स्वागत गरेर घर पुराउने उदेश्य राखिएकोमा सरकारको त्यो लक्ष्य पुरा हुन नपाएकोमा दुख व्यक्त गर्नुभयो। उहाँले विपिन जन्म दिने आमाको मात्रै नभइ सिंगो नेपाली र प्रत्येक नेपाली आमाको छोरा भएको बताउनुभयो।

    हमासको आक्रमणमा पर्ने बेलामा नेपाली युवाहरूलाई परेको दुःख र संघर्ष कल्पना पनि गर्न नसकिने बताउँदै उहाँले आँफुसँगै अन्य साथीहरुलाई बचाउन विपिनले गरेको बहादुरीलाई झन् देशले मात्रै नभएर यो दुनियामा कसैले पनि विर्सिन नसक्ने बताउनुभयो।उहाँले विपिनलाई इजरायलसँगै विश्वभरले हृदयदेखी नै सम्मान व्यक्त गर्दै सदैव सम्झिरहने बताउनु भयो।

    विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न विमानस्थलमा प्रधानमन्त्रीसँगै मन्त्रीहरू र उच्च पदस्थ पदाधिकारीसँगै नेपालका लागि इजरायली राजदूतलगाएको उपस्थिति रहेको थियो। श्रद्धाञ्जलीपछी जोशीको शव आजै कञ्चनपुर पठाइएको छ। नेपाली सेनाले धनगढीसम्म स्काईट्रकबाट लगिदिएको शव कञ्चनपुरको भीमदत्त नगरपालिकास्थीत जोशीको पु¥याएर भोलि अन्तिम संस्कार गरिँदै छ।

    नेपालबाट हरेक दिन युवाहरु रोजगारीको खोजीमा विभिन्न बाहनामा विदेशिन वाध्य छन् भने सिमित युवाबाहेक अन्य युवा विभिन्न दुख कष्ट भोग्न वाध्य छन् सँगै कतिपय विपिनजस्ता युवा वर्षैासम्म न लास न सासको अवस्थामा गुमनाम रहेर अन्त्यमा शवका अवशेष कफिनमा फर्कन वाध्य छन्।

    जसले परिवारलाई जिवनभर आँशु र पीडामा डुब्न वाध्य बनाएको छ भने सिँगो देशलाई गिज्याइरहेको छ।यो परिस्थितिले आज आँखाभरी आँशु लिएर भावविह्वल बनेका आम नेपालीको मनमा नेपालीले यो हालत कहिलेसम्म भोग्नुपर्ने होला? भन्ने प्रश्न उब्जाईरहेको छ।


    सोमवार, कार्तिक ३ २०८२०७:१७:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij