काठमाडौं। नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले १५ औं महाधिवेशन कार्यतालिका पेस गर्नुभएको छ। जारी केन्द्रिय कार्यसम्पादन समिति बैठकमा महामन्त्री थापाले आगामी मंसिर २७,२८ र २९ गते महाधिवेशन गर्ने प्रस्तावसहितको कार्यतालिका पेस गर्नुभएको हो ।
महामन्त्री थापाले दुई विकल्पसहित उक्त मितिमा महाधिवेशन गर्ने गरी प्रस्ताव पेस गर्नुभएको छ। पहिलो विकल्पमा वडा, क्षेत्रीय प्रतिनिधि, प्रतिनिधिसभा क्षेत्र र महाधिवेशन प्रतिनिधि चयन गरी महाधिवेशन गर्ने उल्लेख छ ।
यस्तै दोस्रो विकल्पमा सबै तहगत अधिवेशन सकेर महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ । दुवै विकल्पबारे उनले स्पष्ट कार्ययोजना प्रस्ताव गर्दै उल्लेखित मितिमा महाधिवेशन गर्न सकिने जिकिर समेत थापाले गर्नुभएको छ।
यस्तो महामन्त्री थापाले प्रस्तुत गरेको कार्यतालिकाको पूर्णपाठः