Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

निर्धन उत्थान लघुवित्तको नेतृत्वमा जनार्दनदेव पन्त

निर्धन उत्थान लघुवित्तको नेतृत्वमा जनार्दनदेव पन्त

  • बुधवार, आश्विन २२ २०८२

  • 907
    SHARES

  • निर्धन उत्थान लघुवित्तको नेतृत्वमा जनार्दनदेव पन्त

    काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको नेतृत्व परिवर्तन भएको छ । संस्थाको अध्यक्षमा जनार्दनदेव पन्त नियुक्त हुनुभएको छ ।

    कम्पनी सञ्चालक समितिको यहि असोज २१ गते बसेको बैठकले संस्थाको अध्यक्षमा पन्तलाई नियुक्त गरेको हो । यसअघि अध्यक्ष हरिकृष्ण पन्तले राजिनामा दिनुभएको थियो । उहाँको राजिनामा कम्पनी सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।

    निर्धन उत्थान बैंकले अहिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार गरीबीको रेखामुनि रहेका नेपालीहरुलाई वित्तीय तथा तालिम लगायतका गैर वित्तीय सेवा दिइरहेको छ ।

    संस्थाको प्रमुख उद्देश्य विपन्न वर्गको आर्थिक उपार्जनका लागि लगानी गर्ने हो । संस्थाको पहिलो प्राथमिकतामा कृषि रहेको छ । यसबाट लाखौं घरधुरी साना किसानहरुले लाभ लिइरहेका छन् ।


    बुधवार, आश्विन २२ २०८२०७:१५:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij