Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

यूथ आईजिएफ नेपाल २०२५ सम्पन्न, अध्यक्षमा सुरेन्द्र तिवारी निर्वाचित

यूथ आईजिएफ नेपाल २०२५ सम्पन्न, अध्यक्षमा सुरेन्द्र तिवारी निर्वाचित

  • बुधवार, आश्विन २२ २०८२

  • 2.8K
    SHARES

  • यूथ आईजिएफ नेपाल २०२५ सम्पन्न, अध्यक्षमा सुरेन्द्र तिवारी निर्वाचित

    काठमाडौं । “खुला, समावेशी र सुरक्षित इन्टरनेटका लागि युवाहरूको सशक्तीकरण” भन्ने मूल नाराका साथ काठमाडौँमा सम्पन्न भएको यूथ ईन्टरनेट गभर्नेन्स फोरम नेपालको चौथो वार्षिक सभाबाट सुरेन्द्र तिवारी अध्यक्षमा चयन भएका छन् ।

    यूथ ईन्टरनेट गभर्नेन्स फोरम नेपाल (युथ आईजिएफ नेपाल) संयुक्त राष्ट्रसंघ (United Nations) इन्टरनेट गभर्नेन्स फोरम सचिवालयद्वारा सन् २०२१ मा अङ्गकृत गरिएको एक राष्ट्रिय युवा अभियान हो । युवाहरूलाई इन्टरनेट गभर्नेन्स छलफलमा संलग्न गराउन, इन्टरनेटको सञ्चालन तथा सुशासनका विषयहरुमा युवाहरुको भूमिका थप सशक्त बनाउन, नीति निर्माण प्रक्रियाहरूमा युवाहरूको आवाजलाई बढावा दिन, सार्थक छलफलमा युवाहरूलाई प्रोत्साहित गर्न र युवाहरूको भूमिका थप सशक्त बनाउनका लागि यूथ आईजिएफको स्थापना भएको हो ।

    एशिया प्यासिफिक स्कूल अफ ईन्टरनेट गभर्नेन्सका अध्यक्ष बाबुराम अर्यालको प्रमुख आतिथ्तामा भएको कार्यक्रममा विभिन्न सरोकारवाला समूहहरूका ५० बढी युवाहरूको सहभागी रहेको थियो ।

    युथ आईजिएफ नेपालका अध्यक्ष आनन्द गौतमले नवनिर्वाचित अध्यक्ष सुरेन्द्र तिवारीलाई नेतृत्व हस्तान्तरण गर्नुभयो । त्यस्तैगरी, यस अघिको कार्यकालमा उपाध्यक्षका रुपमा रहेका सुरेन्द्र तिवारीले उपाध्यक्षको कार्यकालको समापन भएसँगै नवनिर्वाचित उपाध्यक्षका रुपमा निकेश बलामीलाई नेतृत्व हस्तान्तरण गर्नुभएको थियो । बार्षिक सभासँगै युथ आईजिएफ नेपालको नेतृत्वमा अध्यक्षको रुपमा सुरेन्द्र तिवारी, उपाध्यक्षका रुपमा सन्जिना क्षेत्री तथा नवनिर्वाचित उपाध्यक्षका रुपमा निकेश बलामी रहनु भएको छ ।

    युनेस्कोका नेपाल प्रतिनिधि याको डु ट्वाँ (Jaco Du Toit) ले कि नोट स्पिकरका रुपमा मन्तव्य राख्नु भएको थियो । संयुक्त राष्ट्रसंघ इन्टरनेट गभर्नेन्स फोरम सचिवालयका क्षेत्रीय तथा राष्ट्रिय अभियान संयोजक आन्या गेन्जो तथा एसिया प्यासिफिक रिजनल ईन्टरनेट गभर्नेन्स फोरमका अध्यक्ष अमृता चौधरीका तर्फबाट प्रेरणादायक भिडियो सन्देश राखिएको थियो । विशेष अतिथिका रुपमा इन्टरनेट सोसाइटीको बोर्ड अफ टस्ट्रीबाट सागरिका र युथ आईजिएफ नेपालका निवर्तमान अध्यक्ष दिपा भटट्राई लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रम इन्टरनेट सुशासनका लागि युवाहरूका मुद्दाहरू कसरी सवलीकरण गर्ने, इन्टरनेट सम्बन्धी कानुन तथा नीति निर्माण तहमा युवाहरूको भूमिका कसरी सशक्त बनाउने भन्ने विषयमा केन्द्रित रहेको ईन्टरनेट सोसाईटी नेपाल च्याप्टर तथा ओपन इन्टरनेट नेपालका अध्यक्ष आशिर्वाद त्रिपाठीले जानकारी दिनुभयो ।


    बुधवार, आश्विन २२ २०८२११:३३:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij