Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

टिकाको लागि घर जाने यात्रुको चाप, पहिरो र सवारी जामले विभिन्न राजमार्गमा समस्या (खासखबर)

टिकाको लागि घर जाने यात्रुको चाप, पहिरो र सवारी जामले विभिन्न राजमार्गमा समस्या (खासखबर)

अग्रिम टिकट बुकिङ नराख्दा यात्रु व्यवस्थापन बढी प्रभावकारी
  • सोमवार, आश्विन १३ २०८२

  • 686
    SHARES

  • टिकाको लागि घर जाने यात्रुको चाप, पहिरो र सवारी जामले विभिन्न राजमार्गमा समस्या (खासखबर)

    काठमाडौं । आज दशैंको फूलपाती । दशैंको टिकाको लागि घर फर्किने यात्रुको चाप छ । धेरैजसो यात्रु हिजोसम्म आफ्नो गन्तव्य पुगिसकेका छन् भने कतिपय टिकाको दिनसम्म भएपनि घर पुग्दैछन् ।

    यस वर्ष सडकको दूरावस्थाका कारण यात्रुहरूलाई आवतजावतमा समस्या परेको छ । राजमार्गहरुमा पहिरो जाँदा सवारीसाधनलाई आवतजावतमा समस्या परेको छ भने घण्टौसम्म यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् । आज पनि विभिन्न राजमार्गमा पहिरोका कारण अवरोध सृजना भएको छ । सवैभन्दा धेरै ʻमुग्लिङ–नारायणघाट सडकखण्डमा पहिरो जाँदा घण्टौँसम्म सवारी साधन बीच बाटोमा रोकिनुपरेको छ ।
    दशैँको फूलपातीका दिन आज उपत्यकाबाट बाहिरिने सर्वसाधारणको सङ्ख्या बढ्दा विभिन्न राजमार्गमा सवारी चाप बढेको हो । बीपी राजमार्ग, अरनिको राजमार्ग, पृथ्वी राजमार्ग लगायतका राजमार्गमा सवारी चाप बढेको हो ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि देखि आज सोमवार अपरान्हःसम्म ५ लाख ७९ हजार ६ सय १६ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । जसमध्ये हिजो आईतवार सवैभन्दा धेरै यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका थिए ।

    बितेका २४ घण्टामा काठमाडौं उपत्यकाबाट एक लाख ११ हजार सर्वसाधारण बाहिरिएका हुन् । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता,प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार अहिलेसम्म सो संख्यामा यात्रुहरुले उपत्यका छाडेका हुन् ।

    धरै सर्वसाधरणले उपत्यका छाडेपछि अहिले काठमाडौं उपत्यकाका सडक खाली छन् । सवारी चाप कम छ । तर राजमार्गहरुमा पहिरो र सवारी चापले ट्राफिक जामको समस्या छ ।

    यात्रुहरुले हरेक बर्ष गुनासो गर्ने गरेका हुन्छन् । सवारी साधनमा टिकट नपाएर, एउटै टिकट धेरैलाई दिएर,वढि भाडा असुलेका कारण गुनासो आउने गरेका छन् । सवारी साधन प्रर्याप्त मात्रामा नहँुदा पनि यात्रु समस्यामा पर्ने गरेका छन् । राजमार्गहरुमा यात्रुहरुलाई कस्तो खालको सुरक्षा व्यवस्था छ त ? सडकमा सवारी चाप र पहिरोले गर्दा ट्राफिक जाम भएर यात्रीलाई गन्तव्यमा पुग्न समस्या भएको छ ।

    ट्राफिक प्रहरीले आवश्यकतानुसार सुरक्षाकर्मी परिचालन गरेर निर्वाध यात्राको व्यवस्था मिलाइएको जनाएको छ । प्रवक्ता सुवेदीका अनुसार यात्रुको सहजताका लागि गुनासो सुन्न यात्रु सहायता कक्ष स्थापना भएको र सो कक्षबाट गुनासोको समाधान भईरहेको छ ।

    जेनजी आन्दोलन, बाटोको अवस्था लगायत विभिन्न कारणले यस वर्ष अग्रिम टिकट बुकिङ खुल्ला गरिएन । अघिल्ला बर्षहरुमा धेरैले अग्रिम टिकट बुकिङ मार्फत नै जाने गरेका थिए ।

    काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता,प्रहरी उपरीक्षक नरेश राज सुवेदीसंग हामीले सोध्यौ, अग्रिम टिकट खुला हँुदा र अहिले नभएको अवस्थामा राम्रो र नराम्रो पक्ष के हुदोरहेछ ? प्रवक्ता सुवेदी भन्नुहुन्छ, अग्रिम टिकटमा जाँदा एउटै टिकट र एउटै सिट धेरै व्यक्तिलाई दिएको गुनासो धेरै आउने गरेको थियो, अहिले अग्रिम टिकट बुकिङ नहँुदा त्यो समस्या कम भएको छ । बरु, अग्रिम टिकट बुकिङ नभएको यो अवस्थालाई व्यवस्थित बनाउन सके यहि नै राम्रो हुने तर्क उहाँको छ ।

    जहिले यात्रुको चाप बढ्छ त्यतिखेर टिकटको तोकिएको भाडादर भन्दा धेरै वा दोव्वर समेत भाडा लिने गुनासो यात्रुवाट प्रत्येक बर्ष सुनिएको गुनासो हो । यसपटक त्यो समस्या नरहेको यातायात व्यवसायी दाबी गर्दछन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वारले आफूहरूले सहज रूपमा यातायातका साधन सञ्चालनका निम्ति पहल गरिरहेको र टिकटमा बढि रकम लिएर ठगि नभएको दाबी गर्नुहुन्छ ।

    सवारी साधनको पनि अभाव नभएको तर्क उहाँको छ । कुनै विचौलियाले यात्रुलाई ठग्यो भने तुरुन्तै कारवाही गर्ने व्यवस्था पनि रहेको स्वारको भनाई छ ।

    देशका विभिन्न क्षेत्रबाट, परदेशबाट फर्किएका ,राजधानी काठमाडौं लगाएत जिल्ला सदरमुकाम र विभिन्न स्थानबाट यतिखेर यात्रुहरु घर फर्किरहेका छन् । बर्षा जारी रहेको र सडकको अवस्था राम्रो नहँुदा यात्रुहरु ढुक्कले गन्तव्य सम्म पुग्न पाएका छैनन् ।

    यस्तो वेला सम्वन्धीत निकायहरुको सहयोग अनिवार्य हुन्छ । यात्रुले पनि सर्तकता अपनाउदै यात्रालाई सुरक्षित बनाउनुपर्ने अवस्था छ । यात्रा सवैको सुखद रहोस् । शुभकामना ।।


    सोमवार, आश्विन १३ २०८२०७:२९:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij