Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

जेन्जीलाई अगाडि सारेर पाल्पामा कांग्रेसको मौन जुलुस

जेन्जीलाई अगाडि सारेर पाल्पामा कांग्रेसको मौन जुलुस

  • शनिवार, आश्विन ४ २०८२

  • 790
    SHARES

  • जेन्जीलाई अगाडि सारेर पाल्पामा कांग्रेसको मौन जुलुस

    तानसेन । नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाल्पाले जेन्जी युवाहरूलाई अगाडि सारेर मौन जुलुस प्रदर्शन गरेको छ।

    संविधान दिवसको अवसरमा आयोजना गरेको मौन जुलुसमा सहभागीहरूले “संविधान कार्यान्वयनले मात्रै समृद्ध नेपाल सम्भव छ”, “लोकतन्त्रका लागि लड्ने काँग्रेस, संविधानको रक्षक काँग्रेस”, “गणतन्त्र, संघीयता र समावेशीताको रचना काँग्रेसको बलिदानको उपज” जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
    पार्टी कार्यालयबाट सुरु भएको मौन जुलुस आन्दोलन चोकमा पुगेर केहीबेर मौन धारण गरेर सम्पन्न गरिएको थियो।

    संविधान र संघीयताको संरक्षण तथा कार्यान्वयनका लागि नयाँ पुस्ताका युवाहरूलाई अगाडि सारेर प्रदर्शन गरिएको नेपाली कांग्रेस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार संविधानलाई समयानुकूल संशोधनसहित संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको छ। उनले भने, “हालैको जेन्जी आन्दोलनपछि बनेको अन्तरिम सरकारलाई संविधानलाई व्यवहारमा उतार्ने, सुशासन लागू गर्ने र संक्रमणलाई सही दिशामा अघि बढाउने गम्भीर जिम्मेवारी प्राप्त भएको छ। जेन्जी आन्दोलनले पनि संविधानलाई स्वीकार गर्दै नयाँ पुस्ताका लागि मार्गनिर्देशक दस्तावेजको रूपमा स्थापित गरिसकेको छ।”

    जेन्जीलाई अगाडि सारेर गरिएको प्रदर्शन निकै रचनात्मक र प्रभावकारी भएको पत्रकार महासंघ पाल्पाका सचिव रामचन्द्र रायमाझीले बताए। कार्यक्रममा कांग्रेसका पूर्व केन्द्रीय सदस्य राजन प्रसाद पन्त, निवर्तमान जिल्ला सभापति तथा पूर्व प्रदेश मन्त्री वीरबहादुर राना, जिल्ला सचिवद्वय सुनिता अधिकारी र सन्तोष थापा मगर लगायतका धेरै अग्रज नेताहरूको पनि सहभागिता रहेको थियो।


    शनिवार, आश्विन ४ २०८२०३:०३:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij