Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

रास्वपा, जनमत र नागरिक उन्मुक्तिमा नीति र नेतृत्वबारे प्रश्न उठ्न थाल्यो

रास्वपा, जनमत र नागरिक उन्मुक्तिमा नीति र नेतृत्वबारे प्रश्न उठ्न थाल्यो

  • शुक्रवार, आश्विन ३ २०८२

  • 517
    SHARES

  • रास्वपा, जनमत र नागरिक उन्मुक्तिमा नीति र नेतृत्वबारे प्रश्न उठ्न थाल्यो

    काठमाडौं । भर्खरै सम्पन्न जेनजी आन्दोलनले केही राजनीतिक दलका नेताहरूको घर तथा पार्टी कार्यालयमा तोडफोड भए पनि त्यसले विशेष गरी साना दलहरूभित्र आन्तरिक कलह निम्त्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीभित्र नीति र नेतृत्वबारे प्रश्न उठ्न थालेको हो ।

    जेनजी आन्दोलनबाट उत्साहित भएर नख्खु जेलबाट बाहिर निस्केका रास्वपाका सभापति रवि लामिछानेको कदम र त्यसपछिको परिस्थितिबाट पार्टीभित्र असन्तुष्टि बढेको हो। पार्टीका नेताहरुले उनको आगमनबाट उत्सािहत हुँदै ‘सिंह फर्कियो’ भन्दै पोस्ट गरेका थिए ।

    तर, जेनजी युवाहरूले लामिछाने जेलबाट बाहिरिएकोमा विरोध गरेका थिए । पार्टीभित्र समेत यसबारे आलोचना भएपछि लामिछाने पुनः जेल फर्किए । यही कारण देखाउँदै नेतृ सुमना श्रेष्ठले पार्टीबाट राजीनामा दिनुभएको छ । केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पनि नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आन्दोलनले माग गरेअनुरूप राजनीतिक दलहरूमा पनि रूपान्तरण आवश्यक रहेको भन्दै चार बुँदे प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।

    यसैगरी, जनमत पार्टीमा पनि नेतृत्व परिवर्तनको माग गर्दै उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा छ जना नेताले विद्रोह गरेका गर्नुभएको छ । उनीहरूले अध्यक्ष डा. सिके राउतलाई २४ घण्टाभित्र राजीनामा दिन माग गरेका थिए। यद्यपि, २४ घण्टा बित्न नपाउँदै ती नेताहरूले आफैँ पार्टीबाट राजीनामा दिएका छन्। नेता खानले नेपाल परिवर्तन उन्मुख भएकोले राजनीतिक दलहरू पनि यथास्थितिमा रहनु हुँदैन भन्दै आफ्नो पार्टीबाट रूपान्तरणको सुरुवात गरेको बताउनु भएको छ ।

    यसैबिच, अध्यक्ष राउतले मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले राजीनामा नदिएपछि उहाँलाई स्पष्टीकरण सोध्नुभएको छ ।

    यता, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा पनि विभाजन देखिएको छ। पार्टीका संरक्षक रेशम चौधरीले नाउपाबाट अलग्गिने घोषणा गर्दै नयाँ पार्टी ’नागरिक उन्मुक्ति पार्टी नेपाल’ गठन गर्ने घोषणा गर्नुभएको छ। नाउपाकी अध्यक्ष श्रेष्ठले पद नछाड्दा पार्टीमा विवाद उत्पन्न भएको थियो र पटक–पटकको प्रयासपछि पनि श्रेष्ठलाई हटाउन नसकेपछि चौधरीले नयाँ दल बनाउने निर्णय गर्नुभएको हो ।


    शुक्रवार, आश्विन ३ २०८२०४:१८:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij