Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

नेपाली रेडियो नेटवर्क आजदेखि दशौँ बर्षमा प्रवेश

नेपाली रेडियो नेटवर्क आजदेखि दशौँ बर्षमा प्रवेश

  • शुक्रवार, आश्विन ३ २०८२

  • 627
    SHARES

  • नेपाली रेडियो नेटवर्क आजदेखि दशौँ बर्षमा प्रवेश

    काठमाडौं । नेपाली रेडियो नेटवर्क आजदेखि दशौँ बर्षमा प्रवेश गरेको छ । विक्रम संवत् २०७३ साल असोज ३ गते संविधान दिवसकै दिन औपचारिक रूपमा सुरु गरिएको यो नेटवर्कले सधैँभरी आफुलाई लोकतन्त्रको पक्षमा उभ्याएको छ ।

    विश्वभरका नेपालीबीच छोटो समयमा लोकप्रिय बनेको नेपाली रेडियो नेटवर्क अहिले दैनिक ५० लाखभन्दा बढीले सुन्ने गरेको विभिन्न सर्वेक्षणहरुले देखाएका छन् ।

    हालसम्म देशभरका २०० भन्दा बढी सहयात्री रेडियोमार्फत कार्यक्रम प्रसारण गर्दै आएको भने डिजिटल प्लेटफर्ममार्फत पनि आफ्नो पहुँच विस्तार गरेको छ । हाल नेटवर्क अन्तर्गत काठमाडौंमा केन्द्रीत रेडियोको रुपमा रेडियो एनआरएन ९९.१, समाचारमूलक अनलाइन पोर्टल Nepalinetwork.com, फेसवुक तथा युट्युवमा नेपाली नेटवर्क अनलाइन टिभी, समय अनलाइन टिभी लगायतका सञ्चार माध्यममार्फत समाचार, बहस, शिक्षामूलक र मनोरञ्जनात्मक सामग्री प्रसारण भइरहेका छन । यिनका अतिरिक्त फेसबुक, टिकटक, युट्युब र अन्य सामाजिक सञ्जालमार्फत पनि नेटवर्कका सामग्री विश्वव्यापी रूपमा र्पुयाइँदै आएका छन्।

    नेटवर्कका अध्यक्ष तथा पत्रकार ऋषि धमलाले सञ्चालन गर्ने नेपाली बहस र जनता जान्न कार्यक्रमहरू नेपाली रेडियो जगतका सर्वाधिक लोकप्रिय कार्यक्रमका रूपमा स्थापित भएका छन् ।

    हरेक दिन बिहान ५ बजेदेखि राति १० बजेसम्म अन एयर हुने नेपाली रेडियो नेटवर्कमार्फत प्रत्येक घण्टामा नेपाली खबर समाचार बुलेटिन प्रसारण हुन्छ । साथै, स्थानीय तहको आवाजलाई केन्द्रमा राख्दै नयाँ कार्यक्रम पालिका बहस सुरु गरिएको छ । यस्तै, अध्यक्ष ऋषि धमलाले आगामी वर्षमा निर्वाचन र संवृद्धिको यात्रालाई सहयोग गर्ने अभियानमा नेटवर्कले विशेष योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    समाचार निर्देशक जीवन भण्डारीले नेटवर्क सधैं पत्रकारिताको मर्म, धर्म र विश्वसनीयतामा अडिग रहेको उल्लेख गर्दै “हामी सत्य र निष्पक्षताको बाटोबाट कहिल्यै विचलित हुने छैनौं” भन्नुभयो । त्यसैगरी, प्रबन्ध निर्देशक अमृत अधिकारीले नवौँ वार्षिकोत्सवको अवसरमा सम्पूर्ण श्रोता, सहयात्री रेडियो, विज्ञापनदाता तथा सहयोगीप्रति हार्दिक आभार व्यक्त गर्दै भविष्यमा अझ व्यापक समर्थन र सहकार्यको अपेक्षा गर्नुभयो ।


    शुक्रवार, आश्विन ३ २०८२१२:२३:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij