Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

जेन–जी आन्दोलनले निजी क्षेत्र पनि तहसनहस, खर्बौंको क्षतिसँगै गुम्यो १३ हजारको रोजगारी, मनोबल खस्किन नदिने सरकारको आश्वासन (खासखबर)

जेन–जी आन्दोलनले निजी क्षेत्र पनि तहसनहस, खर्बौंको क्षतिसँगै गुम्यो १३ हजारको रोजगारी, मनोबल खस्किन नदिने सरकारको आश्वासन (खासखबर)

  • बुधवार, आश्विन १ २०८२

  • 773
    SHARES

  • जेन–जी आन्दोलनले निजी क्षेत्र पनि तहसनहस, खर्बौंको क्षतिसँगै गुम्यो १३ हजारको रोजगारी, मनोबल खस्किन नदिने सरकारको आश्वासन (खासखबर)

    काठमाडौं। जेनजी आन्दोलनले तहसनहस पारेपछी ठुलो धनजनको क्षति बेहोर्न वाध्य बनेको निजी क्षेत्रको यतिबेला मनोबल गिरेको देखिन्छ। माओवादीको षशस्त्र द्वन्द र जनआन्दोलनबाट ठुलो क्षति बेहोरेको निजि क्षेत्र विस्तारै चलायमान हुँदै जाँदा भुकम्पले तहसनहस पारेको थियो भने त्यसलगत्तैको नाकाबन्दी, कोरोना, बेलाबेलामा बाढी, पहिरो, डुबानजस्ता समस्या टार्दै आएको थियो।

    तर यतिबेला भने ती विपद र परिस्थिीति भन्दा ठुलो रुप लिएको जेनजी आन्दोलनले क्षणभरमै अकल्पनीय रुपमा तहसनहस र क्षतविक्षत पार्नेगरी भएको आगजनी, तोडफोड, लुटपाट, र चोरीले निजि क्षेत्र नराम्रोसँग थला मात्रै परेको छैन उद्योगी तथा व्यवसायीको मनोबल नै नराम्रोसँग गिरेको देखिन्छ।

    गत भदौ २३ गते केपी ओली नेतृत्वको कांग्रेस एमाले गठबन्धन सरकार भ्रष्टाचार र कुशासनमा लागेको भन्दै जेनजी समुहले त्यसविरुद्ध थालेको प्रदर्शनमा घुसपैठ भएर भड्किएपछी प्रहरी र आन्दोलनकारीबिच मुढभेडको अवस्था सृजना भएको थियो। जसमा प्रहरीले चलाएको गोली लागेर १९ जनाको ज्यान गएको थियो भने हजारौ घाइते भएका थिए।

    त्यसपछी झनै आक्रोशित बनेको आन्दोलनकारी समुह भोलीपल्ट भदौ २४ गते कडा प्रदर्शनमा उत्रिँएपछी र स्वार्थ समुह झनै हाबी बनेर संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, देशैभरका सरकारी तथा निजी संघसस्थाका कार्यालयसँगै नीजि क्षेत्रका उद्योग व्यवसायमा आगजनी भएपछी ठुलो धनजनको क्षति हुन पुगेको थियो।

    अहिलेसम्म उक्त घटनामा ज्यान गुमाउने ७३ जना पुगेको सरकारी तथ्याङ्क छ भने आगजनीले क्षतिग्रस्त भग्नावशेसमा अझै पनि शवहरु भेटिने क्रम जारी छ भने हजारौ घाइते छन्। उक्त आगजनी, तोडफोड, लुटपाट र चोरीले सबैभन्दा बढी निजी तथा व्यावसायिक क्षेत्रमा खर्बौको क्षति पुराएको छ भने हजारौंको रोजगारी गुमेको छ।

    देशभरका निजि व्यवसायीक प्रतिष्ठानका भौतिक संरचनामा क्षति पुग्दा अहिलेसम्म १३ हजारभन्दा बढीको रोजगारी प्रभावित भएको आँकडा बाहिरिएको छ भने अझै थप विवरण आउनै बाँकी छ। आगजनीमा सबैभन्दा बढी प्रभावित र तहसनहस भएर क्षति बेहोरेका भाटभटेनी सुपरमार्केट, चौधरी ग्रुप, होटल तथा पर्यटन, चन्द्रागिरि केबलकार, मौलाकालिका केबलकार लगायत संस्थाबाट मात्रै १३ हजार बढीको रोजगारी गुमेको छ भने अन्य निजि घर तथा संघ सस्थामा भएको क्षति र गुमेको रोजगारीको विवरण आउनै बाँकी छ।

    भाटभटेनी सुपरमार्केटका २८ शाखामध्ये २१ वटामा क्षति पुग्दा १२ शाखा पूर्ण रुपमा खरानीमा परिणत भएका छन् जसले त्यहा कार्यरत १० हजार बढी कर्मचारीमध्ये ५ हजारको रोजगारी प्रभावित भएको छ। नेपालका होटल तथा आतिथ्य क्षेत्रमा करिब २५ होटलले क्षति खेप्नुपर्दा दुई हजार बढीको रोजगारी प्रभावित भएको छ ।

    यस्तै सीजी होल्डिङ्स,सीडी इलेक्ट्रोनिक्स, सीजी अटोमोबाइल्स, केटीएम सीटीलगायत व्यावसायिक घरानामा करिब ५ हजारको तथा चन्द्रागिरि र मौलाकालिका केबलकारमा मात्रै करिब ६ सय बढीको रोजागरी प्रभावित भएको छ। राष्ट्रिय वाणिज्य बैंकलाई मात्रै साढे ३८ करोडको क्षति पुगेको छ। बैंकका विभिन्न शाखाहरूबाट करिब १८ किलो सुन र ५ करोड रुपैयाँभन्दा धेरै नगद लुटिएको छ।

    यससँगै निजी लगानीका धेरै आवास, उद्योग, व्यवसाय, संघसंस्थामा सँगै आधा दर्जनभन्दा बढी शैक्षिक संस्था, उद्योग व्यवसाय र व्यापारिक मल, निजि आवासमा क्षति पुगेकाले कति क्षति पुग्यो, कति नोक्सान भयो, कतिको रोजगारी प्रभावित भयो भन्ने विवरण अझै संकलन हुँदैछ। यसरी यति ठुलो क्षति बेहोरेपछी निजि क्षेत्र नराम्रोसँग थला नै पर्ने गरी प्रभावित भएको छ।

    यसले वर्तमान अन्तरिम सरकारको पनि ध्यान तानेको छ भने व्यवसायीहरु भने यो विषम परिस्थितीबाट पनि माथी उठ्ने अठोटमा देखिन्छन्। व्यवसायीहरुले यस्तो साहस देखाएपछी सरकारले पनि निजि क्षेत्रलाई माथी उठाउन आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता जनाईसकेको छ।

    अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रमा ठुलो क्षति पुगेकोले यसलाई माथी उकास्नका लागी जुनसुकै कदम चालेर भएपनि अगाडी बढ्न तयार रहेको बताउनुभएको छ। उहाँले अहिले उठ्नै नसक्ने अवस्थामा पुगेका र मनोबल खस्केका व्यवसायीलाई बैंकबाट सफ्ट लोन दिएर भएपनि सहयोग गर्ने प्रधानमन्त्रीको कार्कीको प्रतिवद्धता छ।

    यस्तै नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले पनि नराम्रोसँग प्रभावित निजीक्षेत्रको मनोवल कमजोर हुन नदिन र पुनरुत्थानका सहजीकरण गर्दै परामर्श लिएर सँगै काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ। यसका लागी सरकारले कुनैपनि ठाउँमा निजि क्षेत्रलाई एकक्लै नछाड्ने अठोट व्यक्त गर्नुभयो।

    यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले पनि निजि क्षेत्रको मनोबल खस्कीन नदिन सरकार र निजि क्षेत्रसँग मिलेर जान तयार रहेको बताउनु भएको छ। अहिले मुलुकमा उत्पन्न विसम परिस्थीतिले अप्ठ्यारोमा परेका उद्योगी व्यवसायी तथा समग्र निजी क्षेत्रलाई माथी उकास्न र पुरानै अवस्थामा पुराउन राष्ट्र बैंक तयार रहेकोले नआत्तिन आग्रह गर्नुभयो।

    मुलुकको अर्थतन्त्रको मुख्य मेरुदण्ड नीजि क्षेत्र यसपटकको आन्दोलनले नराम्रोसँग प्रभावित हुन पुगेको छ । आन्दोलनका क्रममा भएको आगजनी तोडफोड, चोरी लुटपाटले खर्बौ बढीको क्षति पुगेको छ भने सोही बराबरकै संरचना ध्वस्त बनेका छन्।

    जसले उद्योगी व्यवसायीको मनोबल खस्किँदै गएको छ भने यसबाट हजारौंको रोजगारीसमेत गुमेको छ। तसर्थ यसको पुनरुत्थान गर्न र व्यवसायीको मनोबल खस्किन नदिन अन्तरिम सरकारले पनि आवश्यक सहजीकरण र योजना ल्याउन जरुरी छ।


    बुधवार, आश्विन १ २०८२०८:१९:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij