Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

अन्तरिम सरकारकी प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता हुने

अन्तरिम सरकारकी प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता हुने

  • बुधवार, आश्विन १ २०८२

  • 602
    SHARES

  • अन्तरिम सरकारकी प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता हुने

    काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता हुने भएको छ । टेलिफोन वार्ता बिहीबारलाई तय गरिएको छ । बिहीबार प्रधानमन्त्री कार्कीले भारतीय समकक्षि नरेन्द्र मोदीसँग टेलिफोनमा कुराकानी गर्ने मन्त्रालयले जनाएको छ। फागुनमा हुने निर्वाचनको लागि आवश्यक सहायता र पुनर्निर्माणमा सहयोगलगायतका विषयमा कुराकानी हुने जनाइएको छ।

    नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । सोही समयमा टेलिफोनवार्ता गर्ने सहमति बनेको जनाइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भेटमा राजदूत श्रीवास्तवले नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा कार्कीलाई भारतका प्रधानमन्त्री मोदीले पठाएको बधाई सन्देश सुनाउनु भएको थियो । उहाँले दुई छिमेकी देशहरू बीचको मित्रता र सहयोगको घनिष्ठ सम्बन्धलाई अझ सुदृढ पार्न सँगै काम गर्ने भारतको प्रतिबद्धता व्यक्त गरेका गर्नुभएको छ ।

    भारतीय प्रधानमन्त्री मोदीले कार्की प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै सामाजिक सञ्जाल मार्फत र मणिपुरमा एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बधाई तथा शुभकामना दिनुभएको छ।

    गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी प्रदर्शनकारीले प्रस्ताव गरेका सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । त्यस लगत्तै भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स मार्फत उहाँलाई बधाई दिनुभएको थियो । भारतको विदेश मन्त्रालयले पनि शुक्रबार राति नै एक विज्ञप्ति जारी गर्दै नेपालमा भएको राजनीतिक घटनाक्रमको स्वागत गरेको थियो ।


    बुधवार, आश्विन १ २०८२०५:०९:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij