Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

बागमतीका सभामुखले दिए राजिनामा

बागमतीका सभामुखले दिए राजिनामा

  • बुधवार, आश्विन १ २०८२

  • 614
    SHARES

  • बागमतीका सभामुखले दिए राजिनामा

    काठमाडौं । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले राजीनामा दिनुभएको छ । जेनजी आन्दोलन चर्किँदै जाँदा उहाँले भदौ २४ गते नै सामाजिक सञ्जालबाट राजीनामा घोषणा गर्नुभएको थियो । आज उपसभामुख अप्सरा चापागाईँलाई सम्बोधन गर्दै पाठकले लिखित पत्र ह्वाट्सएपबाट पठाउनु भएको हो ।

    गत भाद्र २३ गते जेन जी को भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनको क्रममा अस्वाभाविक बल प्रयोगबाट राष्ट्रवादी नेपालीहरूले अनाहकमा सहादत प्राप्त गरे पछि म अत्यन्त भावविव्हल भएँ । राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु सर्वथा अनुचित हुन्छ भन्ने अन्तर आत्ममा लाग्यो र भाद्र २४ गते नै सामाजिक सञ्जालबाट राजीनामा गर्ने घोषणा गरेँ । तर प्राविधिक कारणले कानुनी प्रकृया पुरा गर्न अनुकूल भएन । आज नेपालको संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदवाट राजीनामा गरेको छु’, पाठकले राजीनामा पत्रमा लेखनुभएको छ ।

    प्रदेश प्रमुख, मुख्यमन्त्री र बागमती प्रदेशसभा सचिवालयमा पत्रको बोधार्थ दिइएको छ ।


    बुधवार, आश्विन १ २०८२०२:४७:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij