काठमाडौं। अन्ततः तीनदेखी नेतृत्वविहिन बनेको मुलुकका आम नेपाली जनताले आज बल्ल अभिभाबक प्राप्त गरेका छन् । गत भदौ २३ र २४ गते जेनजी समुहले गरेको आन्दोलनपछी उत्पन्न विषम परिस्थितिले अभिभावकविहिन बनेको नेपालले आज पहिलोपटक महिला प्रधानमन्त्री शुशिला कार्कीबाट अभिभावकत्व प्राप्त गरेको छ।
मुलुकमा व्याप्त भ्रष्ट्राचार र वेथीतिमा सरकार लिप्त बनेको भन्दै यसविरुद्ध जेनजी समुहले थालेको आन्दोलन उत्कर्षमा पुग्दा पनि प्रधानमन्त्री केपी ओलीको अकमन्र्यता चुलिएपछी र आन्दोलनमा उल्टै घुसपैठ र स्वार्थ समुहको चलखेल बढेसँगै सरकार र आन्दोलनकारीबिच भएको दोहोरो मुठभेडले ठुलो धनजनको क्षति हुनेगरी हिँसा भड्काएको थियो ।
त्यसको भोलीपल्ट पनि प्रधानमन्त्री ओलीले आफ्ना अकमन्र्यता कायमै राखेपछी सुरु भएको आगजनी, तोडफोड, लुटपाट र हिंसा नियन्त्रण बाहिर पुगेपछी बल्ल ओलीले प्रधानमन्त्री पदबाट राजिनामा दिएपछी नेतृत्वबिहिन बनेको देशले लामो रस्साकस्सी र कसरतपछी आज बल्ल पहिलो महिला प्रधानन्यायाधीस शुशिला कार्की पहिलो महिला प्रधानमन्त्री बनेर देशमा उत्पन्न विषम परिस्थितिलाई निकाश दिन अन्तरिम सरकारको नेतृत्व सुम्पिन आन्दोलन रत जेनजी समुह र राष्ट्रपतिबीच सहमती जुटेको हो ।
आन्दोलन नियन्त्रणबाहिर पुगेपछी सरकारले हात उठाएसँगै देश र जनतालाई अहिले नेपाली सेनाले सुरक्षा दिइराखेको छ । यो बिचमा सुरुदेखी नै कार्कीको नाममा मोटामोटी सबै सहमत देखिएपनि वार्ता टुँगोमा पुग्न नसक्स्दा ३ दिनसम्म अन्तरिम सरकार गठनको विषय अन्यौलमै थियो ।
तीनदिनदेखी लगातार नयाँ सरकार गठनका लागि राष्ट्रपतिनिवास शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे, प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, केही कानुन व्यवसायी र जेन–जीका प्रतिनिधिबिचको वार्तामा आज आन्दोलनरत समुह जेन–जीको मागअनुसार नै कार्कीको नेतृत्वमा अन्तरीम सरकार निर्माणको सहमती जुटेको हो ।
जसअनुसार प्रतिनिधि सभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने सहमति जुटेको छ । राष्ट्रपति रामचन्द्र पौडेल, जेन–जी नेतृत्व, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र अधिवक्ता ओमप्रकाश अर्याल लगायतबीच यस्तो सहमति जुटेको हो ।
सहमतिअनुसार जेन–जीबाट प्रधानमन्त्रीमा सिफारिस कार्कीलाई सरकार प्रमुख बनाउनुअघि नै आफूले संसद् विघटन गर्ने जानकारी राष्ट्रपति पौडेलले मौजुदा दलका नेताहरूलाई दिइसक्नु भएको छ । जेन–जी अभियन्ताहरूले प्रतिनिधि सभा विघटन गरेर मात्रै अन्तरिम सरकार गठन गर्नुपर्ने अडान राखेका थिए । राष्ट्रपति पौडेलले भने सरकार गठन गरेपछि मात्रै संसद् विघटनको कोर्स सुरु गर्न सकिने अडान लिनु भएको थियो ।
तर आज राष्ट्रपति एककदम पछि हटेपछी संसद विघटन गर्न सहमत भएसँगै कार्कीले प्रधानमन्त्रीको रूपमा सपथ लिनुहुने भएकको छ। राष्ट्रपति पौडेलले कार्कीलाई आजै प्रधानमन्त्री नियुक्त गरी ९ बजे सपथ खुवाउने तयारी भएको छ। शीतल निवास स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीश कार्कीले सानो आकारको मन्त्रिमण्डलसहित प्रधानमन्त्री पदमा सपथ ग्रहण गर्नुहुनेछ ।
यसअघी संविधानका विज्ञहरुसँगै सबै राजनैतिक दलहरु पनि राष्ट्रपतिको पूर्वअडानअनुसार संविधानको फ्रेमभित्रै रहेर सरकार बनाउनुपर्नेमा जोड दिँदै आएका थिए । दुबैपक्ष आ आफ्नै अडानमा रहँदा नयाँ सरकार गठनमै अन्यौलता बढ्दै गएको थियो । भने अर्कातिर देशभित्रको अन्यौलतालाई लिएर हिलो पानिमा माछा मार्न विभिन्न देशी विदेशी शक्तिहरुको चलखेलको जोखिम पनि बढ्दै गएको थियो ।
मुलतः संविधानमा संसदको सदस्यभन्दा बाहिरको व्यक्तिलाई प्रधानमन्त्री बनाउने कुनै व्यवस्था नहुँदा सुरुमा समस्या भैरहेको थियो । यसले यदि सेनाको नेतृत्वमा देश जाने र संकटकाल लाग्ने अवस्था आयो भने वा देशको अस्थिरता चुँलिदै जाँदा देशी विदेशी शक्तिको चलखेल बढेर विदेशी हस्तक्षेप बढ्ने त होइन भन्ने आम सर्वसाधरणमा चिन्ता पनि बढ्दै गएको थियो ।
जसले गर्दा विज्ञहरुले पनि जतिसक्दो छिटो निकास निकाल्नुपर्नेमा जोड दिदै आएका थिए । आज मात्रै वरिष्ठ अधिवक्ता गान्धी पंडितले संविधान जोगाउने गरी लाग्नुपर्नेमा जोड दिनुभएको थियो । जेनजीले पनि यही संविधानमा टेकेर देशलाई निकाश दिनका लागी सहमत रहेको बताएकोले संविधान अनुसार नै अन्तरिम सरकार निर्माण गरेपछी बल्ल संसद विघटन गर्नुपर्ने जिकिर गर्नुभएको थियो ।
राष्ट्रपति कार्यलय स्रोतका अनुसार ९ बजे हुने कार्कीको शपथका लागी अहिले पत्र तयार भइरहेको छ । कार्कीले शपथ ग्रहण गरेपछि शीतल निवासमै क्याबिनेट बैठक बस्ने तयारी गरिएको छ। बैठकले संकटकालको सिफारिस गर्ने र राष्ट्रपति रामचन्द्र पौडेलले अनुमोदन गरेपछि राष्ट्रपतिले विषम परिस्थितिमा प्रयोग गर्न पाउने संवैधानिक विशेषअधिकारअनुसार संसद विघटन हुने स्रोतले जनाएको छ।
आम सहमतिका आधारमा नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी कार्की दुईवटा सम्माननीय पदमा पुग्ने पहिलो व्यक्ति बन्नुभएको छ। अन्तरिम प्रधानमन्त्रीसँगै आजै अन्य कम्तिमा दुई मन्त्रीको सपथग्रहण पनि हुने भएको छ ।