Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

संघिय संसदद्वारा संयुक्त वक्तव्य जारी

संघिय संसदद्वारा संयुक्त वक्तव्य जारी

  • शुक्रवार, भाद्र २७ २०८२

  • 584
    SHARES

  • संघिय संसदद्वारा संयुक्त वक्तव्य जारी

    काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपतिले पहल गरिरहेको भन्दै विधिको शासन र संविधानवादबाट बाहिर जाननहुने बताएका छन् ।

    २३ र २४ भदौमा जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति संघीय संसदले गहिरो दुःख व्यक्त गरेको छ । संसद्का सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष दाहालले संयुक्त रूपमा शुक्रबार विज्ञप्ति जारी गरी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।

    आन्दोलनमा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, आवश्यक उपचारमा कुनै कमी हुन नदिन उनीहरूले आग्रह गरेका छन् । संघीय संसद्ले आन्दोलनका क्रममा संसद् भवनसहित सिंहदरबारभित्रका विभिन्न सरकारी कार्यालय, सार्वजनिक सम्पत्ति र ऐतिहासिक दस्तावेजहरूमा भएको तोडफोड, आगजनी र नोक्सानीप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा छ ।

    वर्तमान जटिल परिस्थिति समाधानका लागि सबैलाई संवैधानिक प्रक्रियाबाट अघि बढ्न सभामुख र राष्ट्रिय सभा अध्यक्षले आग्रह गरेका छन् । मुलुकको लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन सबै पक्षलाई शान्तिपूर्ण बाटो रोज्न र संविधानको दायराभित्र रही माग सम्बोधन गर्न उनीहरूले आग्रह गरेका छन्।


    शुक्रवार, भाद्र २७ २०८२०१:४९:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij