Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

जेनजी प्रदर्शनमा देशभर ५१ जनाको मृत्यु

जेनजी प्रदर्शनमा देशभर ५१ जनाको मृत्यु

  • शुक्रवार, भाद्र २७ २०८२

  • 644
    SHARES

  • जेनजी प्रदर्शनमा देशभर ५१ जनाको मृत्यु

    काठमाडौं । जेनजी प्रदर्शनमा देशभर ५१ जनाको मृत्यु भएको छ । प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले देशभर ५१ जनाको मृत्यु भएको बताउनुभयो ।

    प्रदर्शनकारीसँग झडप हुँदा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत २ जना र प्रभाग कोटेश्वरमा कार्यरत एक जनाको मृत्यु पुष्टि भएको छ । प्रदर्शनकारीतर्फ प्रहरीको बल प्रयोगमा २१ जनाको मृत्यु भएको डीआईजी घिमिरेले बताउनु भयो ।

    प्रदर्शनको क्रममा आगजनीमा परेर, प्रदर्शनमा भागदौड हुँदा र करेन्ट लागेर १८ जनाको मृत्यु भएको छ । मृतकहरूको पहिचान खुलाउने प्रयास भइरहेको डीआईजी घिमिरेले जानकारी दिनुभयो ।


    शुक्रवार, भाद्र २७ २०८२०१:२९:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij