Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

खण्डहर बन्यो कोशी प्रदेशसभा भवन

खण्डहर बन्यो कोशी प्रदेशसभा भवन

  • बुधवार, भाद्र २५ २०८२

  • 682
    SHARES

  • खण्डहर बन्यो कोशी प्रदेशसभा भवन

    काठमाडौं । कोशी प्रदेशसभा भवन ध्वस्त भएको छ । जेनजी युवा समूहको आन्दोलनको क्रममा मंगलबार निशानामा परेको प्रदेश सभा जलेर ध्वस्त भएको हो । आन्दोलनकारीले मंगलबार दिउँसो प्रदेश सभा भवन र सचिवालयमा आगजनी गरेका थिए । प्रदेश सभाको सबै सामग्री जलेर नष्ट भएको छ । बुधबार बिहान प्रदेश सभामा खरानी मात्रै बाँकी थियो । प्रदेश सभा सचिवालयमा अझै आगो बलिरहेको छ ।

    सचिवालयका कर्मचारीका अनुसार आगोले नभेटेको स्थानका सबै सामान चोरी भएको छ । प्रदेश सभाको बैठक कक्ष जलेर सबै खरानी भएको छ । फर्निचर, एसी,कम्युटर, प्रिन्टर, क्यामेरालगायत उपकरण चोरी भएको हो । ‘आगोले नभेटेका सामग्री सग्लै थिए हिजो, तर आज बाँकी छैन’, सचिवालयमा रहेका एक कर्मचारीले भने’, आज बिहानसम्म चोरी रहेका थिए ।’

    अराजक समूहले मुख्यमन्त्री कार्यालयमा आगोले नभेटेका सबै सामान लुटेर लगेका छन् । मंगलबार राति अबेरसम्म मुख्यमन्त्री कार्यालयको सामान लुटेर लगेका थिए ।

    कतै जलिरहेको छ, कतै खण्डहर
    जेनजी पुस्ताका नाममा भएको हिंसात्मक आन्दोलनको क्रममा विभिन्न सरकारी कार्यालय निसानामा परे । अराजक समूहले आगजनी गर्दा सरकारी संरचना जलेर नष्ट भएका छन् । कार्यालय आसपासको सडक खरानीमय छ ।

    प्रदेशका सबै मन्त्रालयमा आगजनी हुँदा मन्त्रालयमा रहेका सवारीसाधन, फर्निचर र अभिलेख जलेर नष्ट भएको छ । उच्च अदालत विराटनगर र जिल्ला अदालत मोरङमा आगजनी मुद्दासम्बन्धी मिसिल जलेर नष्ट भएको छ । अदालतको आगो अझै निभेको छैन ।

    विराटनगरको भाटभटेनी सुपरमार्केटमा लगाएको आगो अझै निभेको छैन । लुटपाटपछि अराजक समूहले आगो लगाएको थियो । मुख्यमन्त्री तथा मन्त्रपिरिषद्को कार्यालय, प्रदेश सभा भवन, जिल्ला प्रशासन कार्यालय, विराटनगर महानगरपालिका, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालयलगायत कार्यालय जलेर खण्डहर भएका छन् ।


    बुधवार, भाद्र २५ २०८२०२:५०:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij