Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

केपि शर्मा ओली नेताहरुको पनि नेता हो - एमाले नेता रिजाल

केपि शर्मा ओली नेताहरुको पनि नेता हो - एमाले नेता रिजाल

  • सोमवार, भाद्र २३ २०८२

  • 711
    SHARES

  • केपि शर्मा ओली नेताहरुको पनि नेता हो - एमाले नेता  रिजाल

    काठमाडौं । एमालेका पोलिटब्यूरो सदस्य इश्वरबहादुर रिजालले राष्ट्रको आवश्यकता अनुसार एमालेमा सर्वश्रेष्ठ नेतृत्व चयन हुने बताउनु भएको छ । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपि शर्मा ओली नेताहरुको पनि नेता भएकाले उहाँको तत्काल विकल्प नभएको उहाँको दाबी छ । आज विहानको नेपाली रेडियो नेटवर्कको नेपाल बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै एमालेका पोलिटब्यूरो सदस्य रिजालले एमाले अध्यक्ष नेपाली राजनीतिमा एक कुशल नेता भएको बताउनु भयो ।

    पार्टीभित्र आन्तरिक रुपमा सवैको सहमती अनुसार नै विधान महाधिवेशन गरेको बताउँदै उहाँले प्रतिनिधीहरुलाई पटक पटक कसैको विमत्ती छ, भनेर छलफल गरेर सर्वसम्मतीबाट नेतृत्वमा ओलीलाई ल्याउने निर्णय पारित भएको बताउनुभयो । साथै एमालेको विधानमा सच्चाइएको दुई कार्यकालको व्यवस्था र ७० वर्षे उमेरहदका विषयमा नेताहरुमा विमत्ती नरहेको बताउनुभयो ।

    उहाँले पछिल्लो समय सामाजिक सञ्जाल बन्द गर्ने विषयमा सरकारले नियन्त्रण नगरेको बरु त्यसलाई नियमन गर्नका लागि आवश्यक कदम चलाएको दाबी गर्नुभएको छ । सवै सामाजिक संञ्जालले राज्यको निर्णय र नीति मान्नु पर्ने सरकारको उदेश्य रहेका कारण सामाजिक संञ्जाल नियमनको बाटो समाएको दावी गर्नुभएको छ।


    सोमवार, भाद्र २३ २०८२१०:३७:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij