Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सबै प्रदेशमा अटिजम स्कुल आवश्यक रहेको स्वास्थ्य मन्त्री पौडेलको भनाई

सबै प्रदेशमा अटिजम स्कुल आवश्यक रहेको स्वास्थ्य मन्त्री पौडेलको भनाई

  • बुधवार, भाद्र १८ २०८२

  • 956
    SHARES

  • सबै प्रदेशमा अटिजम स्कुल आवश्यक रहेको स्वास्थ्य मन्त्री पौडेलको भनाई

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सात वटै प्रदेशमा अटिजम स्कुल आवश्यक रहेको बताउनु भएको छ । मन्त्रालयमा बुधबार आयोजित अटिजमको उपचार, रोकथाम लगायतका सम्बन्धमा प्रा.डा. दीपकप्रकाश महराको संयोजकत्वमा गठित समितिले बुझाएको अध्ययन प्रतिवेदन ग्रहण गर्दै उहाँले प्रारम्भिक चरणमा सबै प्रदेशमा एकरएक वटा अटिजम स्कुलको खाँचो औँल्याउनुभयो । मन्त्रालयले यसलाई दीर्घकालिन परियोजना बनाएर काम गर्ने उहाँको भनाई छ ।

    मन्त्री पौडेलले काठमाडौंको बुढानिलकण्ठमा भने अटिजम स्कुल बन्न लागेको जानकारी दिनुभयो । बुढालिनकण्ठ– ४ मा रहेको जग्गामा भवन बन्ने प्रक्रिया शुरु भइसकेको उहाँले बताउनुभयो । अटिजम स्कुल सञ्चालनको लागि चालु आर्थिक वर्षमा ३ करोड रुपैयाँ बजेट छुट्याएको बताउँदै मन्त्री पौडेलले अटिजम स्कुल संञ्चालनको लागि काठमाडौँ महानगरपालिकाले पनि चासो देखाएकोले समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘खासगरी अहिले हामीले यो पटकको बजेटमा काठमाडौंमा एउटा अटिजम स्कुल बुढानीलकण्ठ वडा नम्बर ४ मा चाहिँ जग्गा छ, त्यहाँ भवन बन्ने प्रक्रिया शुरु भएको छ । यसको डिपिआर पनि हामीलाई उपलब्ध छ । त्यसमा हामीले बजेटमा नै ३ करोड रुपैयाँ, त्यो धेरै त होइन तर हामीले शीर्षक उल्लेख गरेको स्थिति छ ।


    बुधवार, भाद्र १८ २०८२०४:४५:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij